Saturday, April 20
Shadow

साढे १९ लाखसहित एक जना पक्राउ


  • -इ
  • इ+

 

काठमाडौं , फागुन २९ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट सशस्त्र प्रहरीको टोलीले श्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । प

क्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका २१ घर बताउने ३६ वर्षीय राजेशकुमार साह छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको उल्लेखित रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares