Friday, April 26
Shadow

नेता कोइराला भन्छन्- अहिलेको अवस्थामा कांग्रेस नेतृत्वकै सरकार बन्नुपर्छ


  • -इ
  • इ+

काठमाडौँ, फागनु २८ । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले अहिलेको अवस्थामा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल शिक्षक संघ वाग्मती प्रदेश कार्यसमितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस नेतृत्वको सरकार बनाउनका लागि अन्य दलहरुसँग पनि छलफल भइरहेको उल्लेख गरे । त्यस्तै कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाउने रहेको पनि उहाले बताए ।

त्यस्तै कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीलाई छिटो भन्दा छिटो बालुवाटारबार घर पठाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले संविधान र व्यवस्थामा भ्वाङ पार्ने काम गरेको उनले आरोप लगाए ।

उनले जनताबाट आफूहरुलाई प्रतिपक्षीमा बस्ने म्यान्डेड प्राप्त भएको भन्दै देशलाई चुनावमा लिएर जाने र त्यो चुनावबाट नयाँ म्याण्डेड प्राप्त गर्नेमा कांग्रेसको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares