Tuesday, April 23
Shadow

ओली पक्षले गरेको निर्णय नमान्ने नेपाल-खनाल पक्षको निष्कर्ष


  • -इ
  • इ+

काठमाडौँ , फागुन २८ । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले ओली पक्षले गरेको निर्णय नमान्ने निष्कर्ष निकालेको छ ।

ओली पक्षले शुक्रबार एक पक्षीय निर्णय गर्दै नेपाल र खनाल पक्षका नेताहरुलाई जिम्मेवारीबाट मुक्त गरेपछि बसेको नेपाल-खनाल पक्षको स्थायी कमिटी बैठकले सो निर्णय नमान्ने निर्णय गरेको हो ।

बैठकले विधान विपरित अध्यक्ष ओलीले गरेको एकपक्षीय निर्णय नमान्ने निर्णय गर्दै अब कसरी अगाडी बढ्ने भन्ने बारे फेरी छलफल गर्ने निष्कर्ष निकालेको छ ।

एक स्थायी कमिटी सदस्यले खरीबोटसँग कुरा गर्दै ओलीको विधान विपरितको निर्णय नमान्ने र थप छलफल पछि निर्णय गर्ने बताए ।

ओलीले आजै आफु पक्षका केन्द्रीय कमिटी सदस्यको बैठक बोलाएर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares