Monday, May 18
Shadow

मुख्य समाचार

धादिङकी ३७ वर्षीया महिलाले जन्माईन तिम्ल्याहा शिशु

धादिङकी ३७ वर्षीया महिलाले जन्माईन तिम्ल्याहा शिशु

अचम्मका कुरा, मुख्य समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर २५ धादिङको जिल्ला अस्पतालमा तिम्ल्याहा शिशुको जन्म भएको छ। जिल्लाको ज्वालामुखी गाउँपालिका-६ की ३७ वर्षीया रिम्की गुरुङले मंगलबार तीन छोरीलाई जन्म दिएकी हुन्‌। धादिङ अस्पतालका चिकित्सक कृष्णलाल उप्रेतीका अनुसार प्रसूति सेवा लिन आएकी गुरुङको अस्पतालले शल्यक्रियाबाट सुत्केरी गराउँदा तीन शिशुको जन्म भएको हो। आमा र नवजात शिशुहरूको अवस्था सामान्य रहेको र उनीहरूको तौल १८००,१५०० र २५०० ग्राम रहेको छ। अस्पतालले सयौं जनालाई प्रसूति सेवा दिइसकेको भएपनि शल्यक्रियाबाट एकपटकमा ३ शिशु जन्माएको अस्पतालको अभिलेखमै पहिलो भएको अस्पतालका सूचना अधिकारी विक्रम बिकले जानकारी दिए। जटिल प्रकारको उक्त प्रसूति सेवामा खटिने चिकित्सक र स्वास्थ्य कर्मचारीलाई अस्पताल प्रशासनले धन्यवाद व्यक्त गरेको छ। शल्यक्रिया गराउन अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.अनिसा श्रेष्ठ, डा.पुजश कर्माच...
स्नातकका विद्यार्थीलाई निःशुल्क डेटा दिँदै सरकार, फाराम भर्ने म्याद एक हप्ता

स्नातकका विद्यार्थीलाई निःशुल्क डेटा दिँदै सरकार, फाराम भर्ने म्याद एक हप्ता

टिप्स, मुख्य समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर २४ सरकारले स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क मोबाइल डेटा वितरण गर्दैछ । कोभिड १९ को महामारीको समयमा उच्च शिक्षा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क मोबाइल डेटा उपलब्ध गराउन लागिएको हो । समतामूलक पहुँच सम्बन्धमा उत्पन्न समस्या न्यूनीकरण गर्न हाल नियमित रुपमा स्नातक तहमा अध्ययन गरिरहेका विपन्न वर्गका विद्यार्थी यस्तो सुविधा उपलब्ध गराइनेछ । उनीहरुको सिकाइमा सहयोग पर्‍याउने उद्देश्यका साथ यो कार्यक्रम अगाडि बढाइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । यसका लागि केन्द्रको विद्यार्थी वित्तीय सहयोग कार्यक्रमको वेबसाइटमा गएर ३० गतेसम्म अनलाइन फाराम भरिसक्नुपर्नेछ । निर्धारित अवधिभित्र अनलाइन फाराम भर्ने विद्यार्थीका क्याम्पसहरुको अनलाइन फाराम समेत अनिवार्य रुपमा रुजु गर्नुपर्ने भन्दै केन्द्रले क्याम्पसहरुलाई युजर र पासवर्डका लागि क्याम...
मंसिर २९ गते काँग्रेसले धादिङबेसीमा सरकार विरुद्ध प्रदर्शन गर्ने

मंसिर २९ गते काँग्रेसले धादिङबेसीमा सरकार विरुद्ध प्रदर्शन गर्ने

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाण्डौँ, मंसिर २४ नेपाली काँग्रेस धादिङले मंसिर २९ गते सदरमुकाम धादिङबेसीमा सरकार विरुद्ध प्रदर्शन गर्न लागेको छ । सरकारको सर्वसत्तावादी प्रवृत्ति तथा शृङ्खलाबद्ध भ्रष्टाचारका विरुद्ध जन आवाज बुलन्द गरौं, भन्ने मुल नाराको साथ वर्तमान कम्युनिष्ट सरकारको विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति को विरुद्ध प्रदर्शन हुने नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले बताए । सभापति धमलाका अनुसार तथा कोभिड १९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता, भ्रष्टाचार, बेथिति र दमनकारी व्यवहारका विरुद्ध र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसले उक्त दिन देशभर प्रदर्शन गर्ने छ । उनले उक्त प्रदर्शनमा भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्ता साथीहरू, बुद्धिजीवी, संचारकर्मी, किसान, मजदुर, पेशाकर्मी, उद्योगी, व्यवसायी, युवा, विद्यार्थी सबैलाई सहभागिताका लागि ने अप...
सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौ,मंसिर २३ विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ मंगलबार दिउँसो सार्वजनिक गरिँदैछ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । विभागले १३ करोड रुपैयाँ खर्चेर झन्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो । विभाग स्रोतका अनुसार सगरमाथाको हालको ८ हजार ८ सय ४८ मिटर उचाइ केही बढेको छ । कति बढेको भन्ने अहिले बाहिर ल्याइएको छैन । विभागले दिउँसो १: ३० मा पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने कार्यक्रम तय गरेको विभागका सूचना अधिकारी दाम...
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

मुख्य समाचार, राजनिती
  काठमाडौ,मंसिर २३ मंगलबार बिहानै मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय अगाडि मन्त्रिपरिषद् बैठक सुरु भएको हो। प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन्। उक्त बैठक अगाडि नै मन्त्रिपरिषद् बैठक बसेको हो। बैठक नियमित एजेन्डामै छलफल हुने बालुवाटार स्रोतको दाबी छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छ। समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको आह्वानमा बैठक बोलाइएको सल्लाहकार थापाले बताए। राजतन्त्र पक्षधरको प्रदर्शनका विषयमा पनि छलफल हुने भएको छ। त्यस्तै, कोभिड १९ को महामारी र यसले पारिरहेको संकटबारे पनि छलफल हुने बताइएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रप्रति राजनीतिक दल एकताबद्ध रहेको सन्देश दिने उद्दे...
नेपालको आफ्नै स्याटेलाइट राख्न चारवर्ष अघि शुरु गरेको प्रक्रिया रद्द

नेपालको आफ्नै स्याटेलाइट राख्न चारवर्ष अघि शुरु गरेको प्रक्रिया रद्द

मुख्य समाचार, सुचना प्रविधि
काठमाडौ,मंसिर २२ अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न ४ वर्षअघि शुरु गरेको प्रक्रिया नेपाल दूरसञ्चार प्राधिकरणले रद्द गरेको छ । स्याटेलाइट राख्नको लागि प्राधिरणले २०७३ साल असोज २० गते अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । बोलपत्र आह्वान पछि अन्तराष्ट्रिय कम्पनीहरुले आशयपत्र पनि बुझाएका थिए । तर सोमबार एक सूचना प्रकाशित गर्दैं नेपाल दूरसञ्चार प्राधिरणले २०७३ साल असोज २० गते आह्वान गरेको अन्तराष्ट्रिय बोलपत्र र खरिद प्रकिया रद्द गरेको जानकारी दिएको छ । दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले नेपाल सरकारले स्याटेलाइट नीती पनि ल्याइसकेको र  अब यसलाई फरक ढंगबाट अगाडी बढाउनको लागि पुरानो खरिद प्रक्रिया रद्द गरेको बताए । ‘४ वर्ष अघि एक किसिमले स्याटेलाइटको परिकल्पना भएको थियो । अहिले स्याटेलाइट नीती पनि आइसकेको छ, उनले भने ‘त्यसपछि स्याटेलाइट प्रविधिमा पनि धे...
पहिलो प्रकाशमा आधारित क्वान्टम कम्प्युटर बनाए चीनियाँ वैज्ञानिकले

पहिलो प्रकाशमा आधारित क्वान्टम कम्प्युटर बनाए चीनियाँ वैज्ञानिकले

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, सुचना प्रविधि
काठमाडौ,मंसिर २१ चीनीयाँ वैज्ञानिकहरुले विश्वकै पहिलो प्रकाशमा आधारित क्वान्टम कम्प्यूटर बनाएको दावी गरेका छन् । यसले पहिलेको सुपर कम्प्यूटर भन्दा छिटो गणना गर्ने गर्दछ । त्यो क्वान्टम कम्प्यूटरको नाम जीउजाङ्ग हो । जीउजाङ्ग नाम प्राचीन चिनियाँ गणितीय टेक्स्टबाट आएको हो । जिउजाङ्गले गणनाको लागि ७६ फोटोनहरु म्यानिपुलेटङ गर्ने नयाँ विधि प्रयोग गरेको छ । क्वानटम कम्प्यूटर अरु परम्परागत कम्प्यूटर भन्दा धेरै राम्रो काम गर्छ जसले विज्ञान, आर्टिफिसियल इन्टेलिजेन्स र औषधीको क्षेत्रमा एकदमै प्रगति गराउन सक्दछ । चीनले केही वर्ष देखि क्वान्टम टेक्नोलोजीमा एकदमै लगानी गरिरहेको छ । चीनले सन् २०१७ मा ह्याक प्रुफ र अल्ट्रा हाई सेक्युरिटी फिचर भएको क्वान्टम कम्युनिकेसन स्याटेलाइट सार्वजनिक गरेको थियो । चीनले बेजिङ र साङ्घाईको बिचमा  २००० किलोमिटरको ह्याक गर्न नमिल्ने क्वान्टम कम्युनिकेसन ल...
‘दि भ्वाइस अफ नेपाल सिजन ३’को डिजिटल अडिसन सुरु

‘दि भ्वाइस अफ नेपाल सिजन ३’को डिजिटल अडिसन सुरु

टिप्स, मनोरञ्जन, मुख्य समाचार, साहित्य/कला
काठमाण्डौँ, मंसिर २१ ‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जितेको थियो । यो शोको तेस्रो सिजनका लागि शनिवारबाट डिजिटल अडिसन सुरु गरिएको हो । १६ बर्ष उमेर पुगेका यूवायूवतीदेखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिन पाउनेछन् । डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई आवेदन दिन सकिनेछ । अडिसनमा नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका बिदेशी वा बिदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् । यस्ता प्रतिभाहरु अडिसन दिन वा कार्यक्रममा सहभागीता जनाउनका लागि काठमाण्डौमा भौतिकरुपमै उपस्थित भने हुनुपर्नेछ ।...
आठ महिनापछि सुरु हुँदै पर्वतीय उडान

आठ महिनापछि सुरु हुँदै पर्वतीय उडान

आर्थिक, मुख्य समाचार
काठमाडौ,मंसिर १९ बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान  शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो । महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन् । बुद्ध एयरले आज एक एटिआर–७२ र दुई थान एटिआर–४२ जहाजमार्फत तीन उडान ग¥यो । जम्मा १५० यात्रु पर्वतीय उडानमा सहभागी थिए...
चीन : कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जना मजदुरको ज्यान गयो

चीन : कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जना मजदुरको ज्यान गयो

अन्तर्राष्ट्रिय, दुर्घटना, मुख्य समाचार
  काठमाडौ,मंसिर १९ चीनको दक्षिण पश्चिममा रहेको एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ । खानीमा काम गर्ने पाँच जना मजदुर हराइरहेका र एक जनाको जीवितै उद्धार गरिएको खबरमा उल्लेख छ । चुङ्चिङमा रहेकाे कोइलाखानीमा कार्बन मनोक्साइड चुहिएको र घटनाको छानबिन सुरु भइसकेको छ । कामदारहरूले भूमिगत उपकरण फुकाल्न खोज्दा ग्यास चुहिएको अनुमान गरिएको छ । कोइलाखानी खानी दुई महिनादेखि बन्द थियो । गएकाे सेप्टेम्बर महिनामा चुङ्चिङमा रहेकाे अर्को खानीमा आगो लाग्दा १६ जनाको ज्यान गएको थियो । अघिल्लो वर्ष डिसेम्बरमा पनि ग्वेजो प्रान्तमा रहेको कोइलाखानीमा विस्फोट हुँदा १४ जनाको ज्यान गएको थियो ।...