Monday, May 18
Shadow

मुख्य समाचार

आजदेखि एउटा बैंकको एटीएम अर्कोमा प्रयाेग गर्दा शुल्क लाग्ने

आजदेखि एउटा बैंकको एटीएम अर्कोमा प्रयाेग गर्दा शुल्क लाग्ने

आर्थिक, टिप्स, मुख्य समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर १९ आजदेखि एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । यसअघि नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एटीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो । अब बैंकहरूले साविककै व्यवस्था अनुसार अन्तर बैंक एटीएम प्रयाेगमा शुल्क लिन पाउनेछन् ।...
कसले ह्याक गर्यो मुख्यमन्त्री राउतको फेसबुक ?

कसले ह्याक गर्यो मुख्यमन्त्री राउतको फेसबुक ?

मुख्य समाचार, राजनिती, समाचार, सुचना प्रविधि, स्थानिय तह
  काठमाडौ,१९ मंसिर प्रदेश २ का मुख्यमन्त्री लालबावु राउत र उनको संचार सचिवालयको फेसबुक पेजमाथि ह्याकरले नियन्त्रण जमाइदिएको छ । शुक्रबार (आज) उनको फेसवुक पेज र सचिवालयको पेज ह्याक गरी चिनिया जस्तो देखिने एक युवतीको प्रोफाइल पिक्चर राखिएको छ भने चिनिया भाषामा नाम राखिएको छ । प्रदेश १ कै धरान लाकेसनमबाट ह्याक भएको देखिएपनि कसले र कुन प्रयोजनका लागि गर्यो भन्ने खुल्न नसकेको उनको सचिवालयले जनाएको छ । सरकारी साइटहरु ह्याक भइरहेको बेला मुख्यमन्त्रीको समेत पेज ह्याक भएपछि सरकारी साइवसर सुरक्षामा प्रश्न उठेको छ । मुख्यमन्त्री राउतले ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक र उनको कार्यालयले ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज चलाउँदै आएको थियो । मुख्यमन्त्री सचिवालयका कर्मचारी आतेश मिश्रले बिहान ९ बजेतिर दुबै पेज एकाएकी ह्याक भएको जानकारी दिएका छन् ।...
लिखु गाउँपालिकाद्धारा विद्यालय स्वास्थ्य सामाग्री खरिदको लागि १० लाख सहयोग

लिखु गाउँपालिकाद्धारा विद्यालय स्वास्थ्य सामाग्री खरिदको लागि १० लाख सहयोग

आर्थिक, मुख्य समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १८ नुवाकोटको लिखु गाउपालिकाको सामुदायिक तथा संस्थागत बिद्यालयहरुको स्वास्थ्य सामाग्रीको खरिदको जिम्मा लिखु गाउपालिकाले लिएको छ । बिहिबार एक कार्यक्रमका बिच लिखु गाउपालिका भित्रका सामुदायिक तर्फ १७ ओटा र संस्थागत तर्फ ७ वटा बिद्यालयहरु लाई एकमुष्ट १० लाख रुपैया पालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले हस्तान्तरण गरेका छन् । जस्मा सामुदायिक बिद्यालयहरु लाई ६ लाख ६९ हजार ४ शय १५ र संस्थागत बिद्यालहरु लाई ३ लाख ३० हजार ५ शय ८५ रुपैया रहेको छ । रकम हस्तान्तरण गर्दै पालिकाका अध्यक्ष श्रेष्ठले गाउपालिकाको प्रमुख दायित्वनै शिक्षा र स्वास्थ्य रहेको बताए । सोही अनुरुप बिकाश निर्माणको रकम कटौती गरेर भएपनि बिद्यालयहरु लाई रकम उपलब्ध गराएको र यो रकम १ महिनाको लागी भएपनि यस कार्यक्रम लाई निरन्तरता दिने बताए । लिखु गाउपालिकाले सामुदायिक र संस्थागत बिद्यालय भनेर नछुट्टाई उक्त रकम उपलब्ध गर...
अमेरिकालाई पछि पार्दै चीन बन्यो ईयूको सबभन्दा ठूलो साझेदार

अमेरिकालाई पछि पार्दै चीन बन्यो ईयूको सबभन्दा ठूलो साझेदार

अन्तर्राष्ट्रिय, आर्थिक, मुख्य समाचार
काठमाण्डौँ, मंसिर १८ अमेरिकालाई पछि पार्दै चीन युरोपेली संघको सबभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ । सन् २०२० को तेस्रो त्रैमासिकमा चीनले अमेरिकालाई पछि पारेको हो । कोरोना ममहामारीका कारण अमेरिकाको व्यापारिक गतिविधि घट्यो भने चिनियाँ गतिविधि बढ्यो । यस वर्षको पहिलो नौ महिनामा युरोपेली संघ र चीनबीचको व्यापार ४२५.५ अर्ब युरो रह्यो भने ईयू र अमेरिकाबीच ४१२.५ अर्ब युरोको कारोबार भएको युरोस्टाटको आँकडाले देखाएको छ । पोहोर साल यही समयमा चीनसँग ईयूको व्यापार ४१३.४ अर्ब युरो थियो भने अमेरिकासँग ४६१ अर्ब युरो थियो ।...
रात्रिकालीन मनोरञ्जन सेवा सञ्चालन गर्न पाउँनु पर्ने भन्दै माइतीघरमा प्रदर्शन

रात्रिकालीन मनोरञ्जन सेवा सञ्चालन गर्न पाउँनु पर्ने भन्दै माइतीघरमा प्रदर्शन

आर्थिक, मनोरञ्जन, मुख्य समाचार, समाज
काठमाण्डौँ, मंसिर १८ उपत्यकामा रात्रिकालीन मनोरञ्जन सेवा सञ्चालन गर्न पाउँनु पर्ने भन्दै माइतीघरमा प्रदर्शन भएको छ। बिहीबार ठमेल,चावहिल, कोटेश्वर, गोंगबुलगायत क्षेत्रका व्यवसायीहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले गीत गाउँदै आफ्ना माग प्रस्तुत गरेका थिए। सांस्कृतिक पहिचान झल्कने पहिरन र बाजा बजाएर प्रदर्शनमा सहभागी भएका थिए। कोरोना महामारी सुरु भएपछि रात्रीकालीन व्यवसाय बन्द गरिएको थियो। अन्य क्षेत्रको व्यवसाय खुला हुँदा रात्रीकालीन व्यवसाय खोल्न पाउनुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। व्यवसाय खोल्न दिनुपर्ने वा काम गरी खानेलाई राहतको माग दिनुपर्ने भन्दै प्रदर्शनमा नाराबाजी गरेका थिए। सामाजिक र भौतिक दूरी कायम गरी अन्य व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने ठमेलबाट आएका रात्रीकालीन व्यावसायी विनोद श्रेष्ठ बताउँछन्। करिब ९ महिना सम्म व्यवसाय बन्द रहँदा कोठा भाडा ...
कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना, १३ जना घाइते

कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना, १३ जना घाइते

दुर्घटना, मुख्य समाचार, समाज
काठमाण्डौँ, मंसिर १८ कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा विवाहको गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुलाहा कञ्चनपुरको बेलौरी नगरपालिका ३ का २१ वर्षीय गोबिन्द लुहार र दुलही बैतडीको दोगडाकेदार गाउँपालिका की १९ वर्षीया डम्मरा लुहार पनि घाइते भएकी छन् । दुर्घटनामा अन्य ११ जना जन्ती घाइते भएका छन् । बैतडीबाट जन्ती लिएर कञ्चनपुर आउँदै गरेको सुपप्र ०१००१ ज १२५४ नम्बरको विङ्गर गएराति ११ बजेतीर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चालकसहितका ४ जनाको अवस्था गम्भीर छ ।...
युवतीसँग होटलमा भेटिएका कैलालीका डिएसपी चौधरी निलम्बित

युवतीसँग होटलमा भेटिएका कैलालीका डिएसपी चौधरी निलम्बित

अपराध, मुख्य समाचार, समाज
काठमाण्डौँ, मंसिर १७ युवतीसँग होटलमा भेटिएका इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतराज चौधरी निलम्बित भएका छन्। कैलालीको बुढीतोलाको एक होटलमा युवतीसँग समातिएका चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरेको हो। मंसिर ९ गते मध्यराति सम्पर्कविहीन डिएसपी चौधरीलाई आचरणविरुद्धको गतिविधि गरेको भन्दै निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सम्पर्कविहीन डिएसपी चौधरी बुढीतोलाको एक होटलमा युवतीसँग भेटिएका थिए। गृह मन्त्रालयले डिएसपी चौधरीलाई निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।...
चलचित्र क्षेत्र नखुले आन्दोलनमा उत्रन्छौं : अध्यक्ष खड्का

चलचित्र क्षेत्र नखुले आन्दोलनमा उत्रन्छौं : अध्यक्ष खड्का

आर्थिक, मनोरञ्जन, मुख्य समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर १७ कोरोना भाइरसको महामारी अझै सामान्य भएको छैन । दिन प्रतिदिन संक्रमण भयावह रुपमा फैलिरहेको छ । तर, सरकारले भीडभाड हुने प्रायः सबै क्षेत्रलाई सञ्चालनको अनुमति दिएको छ, चलचित्र क्षेत्रबाहेक । लकडाउनभन्दा अगाडि नै बन्द भएको चलचित्र क्षेत्रमा विगत आठ महिनादेखि कुनै प्रकारका गतिविधि भएका छैनन् । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं चलचित्रकर्मीलाई समस्या परेको छ । सरकारले सिनेमा हललाई सञ्चालनको अनुमति नदिँदा हल सञ्चालकहरुको करोडौंको लगानी जोखिममा परेको छ भने करोडौंको लगानीमा निर्माण भएका चलचित्रको प्रदर्शन रोकिँदा निर्माताहरु पनि ऋणको बोझमा छन् । चलचित्र प्राविधिकको अवस्था झन् नाजुक छ । चलचित्र निर्माण ठप्प हुँदा उनीहरुलाई विहान बेलुका हातमुख जोर्न समेत समस्या भएको छ । लामो समयदेखि चलचित्र निर्माण र प्रदर्शन ठप्प हुँदा कलाकारहरुलाई पनि आर्थिक समस्या उत्पन्न हुन थाले...
१० करोड फलोअर्स भएकी यी हुन् टिकटक स्टार

१० करोड फलोअर्स भएकी यी हुन् टिकटक स्टार

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, मनोरञ्जन, मुख्य समाचार
काठमाण्डौँ, मंसिर १६ चर्चित टिकटक प्रयोगकर्ता चार्ली डिमेलियो टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति भएकी छिन | आइतबार चार्लीले विश्वका ठूला सेलेब्रिटी, युट्युबर र इन्स्टाग्रामरलाई पछि पार्दै टिकटकमा नयाँ इतिहास बनाएकी हुन् | उनी अमेरिकी नागरिक हुन् | अमेरिकी अखबार द भर्जले जनाएअनुसार १६ वर्षीया चार्ली विशेषगरी आफ्ना नाचका लागि चर्चित छन् | उनले सन् २०१९ मे महिनामा आफ्नो पहिलो टिकटक भिडिओ पोस्ट गरेकी थिइन् | उनले पहिलो पटक आफ्नो कोठाभित्र नाचेको भिडिओ बनाएकी थिइन् | एउटी सामान्य किशोरी एकाध वर्षमा चर्चित टिकटक स्टार मात्र भइनन्, टिकटक बाहिर पनि उनको करिओर राम्रो हुँदै गएको छ | उनले अमेरिकाकी चर्चित गायक जेनिफर लोपेजको म्यूजिक भिडिओमा पनि सँगै काम गरिसकेकी छिन् |...
राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको २ अधिवेशन गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न

राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको २ अधिवेशन गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न

मनोरञ्जन, मुख्य समाचार, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, मंसिर १२ राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको दोश्रो अधिवेशन कृष्णप्रसाद गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । लाखौं कलाकारहरुको छाता संगठनको रुपमा परिचित राष्ट्रीय संगितकर्मी संघ नेपालको गण्डकी प्रदेश कार्यसमितीको दोश्रो अधिवेशन चर्चित कलाकार, चलचित्र निर्माता तथा राष्ट्रिय संगितकर्मी संघको केन्द्रीय महासचिव बिक्रमजंग शाहको प्रमुख आतिथ्तामा शनिबार गण्डकी प्रदेशको राजधानी पर्यटकिय नगरी पोखरामा सम्पन्न भएको हो । अधिवेशनमा प्रमुख अतिथि शाहले कलाकारहरुको हकहितका लागि राष्ट्रिय संगितकर्मी संघ स्थापना गरिएको बताउँदै सम्पुर्ण कलाकारहरु एकजुट हुन जरुरी रहेको बताएका छन् । अधिवेशनलाई सम्बोधन गर्ने क्रममा शाहले अझै पनि समाजलाई मनोरन्जन मार्फत समाजका विकृति विसंगति केलाई देश विकासमा योगदान पुराउने कलाकारहरुलाई राज्यले कदर नगरेको बताए । कलाक...