काठमाडौ,मंसिर १९
बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो ।
महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन् । बुद्ध एयरले आज एक एटिआर–७२ र दुई थान एटिआर–४२ जहाजमार्फत तीन उडान ग¥यो । जम्मा १५० यात्रु पर्वतीय उडानमा सहभागी थिए