Saturday, April 20
Shadow

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु


  • -इ
  • इ+

 

काठमाडौ,मंसिर २३
मंगलबार बिहानै मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय अगाडि मन्त्रिपरिषद् बैठक सुरु भएको हो।

प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन्। उक्त बैठक अगाडि नै मन्त्रिपरिषद् बैठक बसेको हो। बैठक नियमित एजेन्डामै छलफल हुने बालुवाटार स्रोतको दाबी छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छ। समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको आह्वानमा बैठक बोलाइएको सल्लाहकार थापाले बताए।

राजतन्त्र पक्षधरको प्रदर्शनका विषयमा पनि छलफल हुने भएको छ। त्यस्तै, कोभिड १९ को महामारी र यसले पारिरहेको संकटबारे पनि छलफल हुने बताइएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रप्रति राजनीतिक दल एकताबद्ध रहेको सन्देश दिने उद्देश्यले यो बैठक बोलाइएको हो। प्रधानमन्त्री ओलीले दलबीच एकता र राष्ट्रिय सहमति कायम गराउन सर्वदलीय बैठक बोलाउँदै आएका छन्।

नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ मा पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए।

उक्त छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति जुटेको थियो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares