Friday, April 26
Shadow

आगामी सातादेखि हङकङ नियमित उड्दै नेपाल एयरलाइन्स


  • -इ
  • इ+

काठमाडौं , पुस १० । आगामी सोमबारदेखि नेपाल एयरलाइन्सको काठमाडौं-हङकङ-काठमाडौं नियमित उडान हुने भएको छ । गत सोमबार उडेका यात्रुमध्ये एकजनाको मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएपछि निगमले हङकङ नियमित उडान गर्न पाएको हो ।

निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले हङकङ उडानका लागि ४८ घण्टाको पीसीआर रिपोर्टलाई मान्यता दिएका थिए । ४८ घण्टाभित्रको रिपोर्ट भएका यात्रुलाई मात्रै उडाउने व्यवस्था गरेपछि निगमलाई हङकङ नियमित उडान गर्न राहत पुगेको हो । यसअघि ७२ घण्टाभित्रको पीसीआर रिपोर्टका आधारमा हङकङ उडान गरेका पाँचभन्दा बढी यात्रुमा कोरोना पोजेटिभ देखिएपछि पटक(पटक गरी चारपटक निगम हङकङको कारबाहीमा पर्दै आएको थियो ।

गत सोमबार हङकङ उडेका यात्रुमध्ये एकजनामा मात्रै कोरोना पोजेटिभ देखिएपछि आगामी साता पनि निमगले उडान गर्न पाउने भएको हो । हङकङले एउटै उडान वा पटक-पटकको उडान गरी पाँच यात्रुमा कोरोना पोजेटिभ देखिए १४ दिनसम्म प्रतिबन्ध लगाउने गर्छ । गत सोमबारको उडानमा हङकङ गएकामध्ये एक यात्रुमा मात्रै कोरोना पोजेटिभ देखिएपछि अर्को साता पनि उडान गर्न लागिएको निगम प्रवक्ता करिष्मा श्रेष्ठले बताइन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares