काठमाडौँ, पुस १० । काठमाडौँ उपत्यकाबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता शुक्रबार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–४ का ४३ वर्षीय पुर्णबहादुर श्रेष्ठ, ओखलढुंगाको चम्पादेवी–१० का ४१ वर्षीय नारनबहादुर तोलाङगी र दोलखाको भिमेश्वर–६ का ३५ वर्षीय सरोजप्रसाद न्यौपाने छन्।
चन्दा असुलीको आरोपमा उनिहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।