Tuesday, March 19
Shadow

मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा आज पनि हुस्सु


  • -इ
  • इ+

काठमाडौँ, पुस ११ । मुलुकभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।पश्चिमी वायुको प्रभावले आज पनि तराईमा हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी छ ।

तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसममा उल्लेख्य बदली नरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । आजै राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

चिसो रहिरहने भएकाले तराई र पहाडी भू(भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares