Monday, May 18
Shadow

मुख्य समाचार

मकवानपुरमा जिप दुर्घटना हुँदा नौजना घाइते, सातको अवस्था चिन्ताजनक

मकवानपुरमा जिप दुर्घटना हुँदा नौजना घाइते, सातको अवस्था चिन्ताजनक

मुख्य समाचार, समाचार
काठमाडौं, पुस १० । हेटौँडा–नारायणगढ सडकखन्डअन्तर्गत् पर्ने नेवारपानीबाट मकवानपुरकै उत्तरीभेगमा पर्ने राक्सिराङ गाउँपालिका–१, ठूलो भावरतर्फ जाँदै गर्दा ग१ज ७२८९ नम्बरको जिप शुक्रबार अनियन्त्रित भई दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् । घाइते यात्रुलाई स्थानीय प्रहरी र गाउँलेले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते यात्रुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये दुईजना सामान्य र सातजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए । प्रहरीले बोलेरो जीपका चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।...
कांग्रेस केन्द्रीय समिति बैठक १९ गतेसम्मका लागि स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक १९ गतेसम्मका लागि स्थगित

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस १० । नेपाली कांग्रेसले १६ गतेको राष्ट्रिय मेलमिलाप दिवसमा प्रत्येक जिल्लामा कार्यक्रम गर्ने तयारी गरेको छ ।यसका लागि जारी केन्द्रीय समिति बैठक आगामी १९ गतेसम्मका लागि स्थगित भएको छ । १३ पुसका लागि घोषणा गरिएको देशव्यापी प्रदर्शन र १६ गतेको मेलमिलाप दिवसको तयारीका लागि सभापति शेरबहादुर देउवाले बैठक स्थगनको प्रस्ताव गरेपछि १९ गतेसम्मका लागि स्थगित गरिएको हो। प्रतिनिधसभा विघटनविरुद्ध कांग्रेसले आगामी १३ गते देशव्यापी गर्ने प्रदर्शन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।...
माइतीघर छाेडेर निवार्चन आयोग पुगे प्रचण्ड पक्ष

माइतीघर छाेडेर निवार्चन आयोग पुगे प्रचण्ड पक्ष

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष १० केिह समय अगाडी माइतीघर मण्डलामा भेला भएका प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारयणकाजी श्रेष्ठसहितका नेता, निर्वतमान सांसद तथा केन्द्रीय सदस्य दलबल सहित नेकपाको आधिकारिकता दाबी गर्दै निर्वाचन पुगेका छन्। प्रचण्ड–माधव नेतृत्वको नेकपाले संसद् विघटनविरुद्ध सडकदेखि न्यायलयसम्म संघर्ष गर्ने बताएको छ। सर्वोच्च अदालतमा विघटित प्रतिनिधिसभाका सांसदहरुसमेत उपस्थित हुने कार्यक्रम तय गरिएको छ। देशभर प्रदर्शन गर्नेसमेत कार्यक्रम तय गरिएको छ। नेकपा विभाजन भएपछि दुबै समूहले निर्वाचन आयोगमा आधिकरिता दावी गर्दै निवेदन दिइसकेका छन्। दुबै पक्षले आफु आधिकारिक भएको दावी गर्दै आएका छन।...
प्रधानमन्त्री ओली भारत भ्रमण जाने तयारी

प्रधानमन्त्री ओली भारत भ्रमण जाने तयारी

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष १० प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण जाने भएका छन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक भारतको भ्रमणमा जान लागेका हुन। उनको भ्रमण यही पुसको तेस्रो सातापछि हुनसक्ने प्रारम्भिक गृहकार्य भएको छ। विवादीद समयमा ओली भारत जानुलाई महत्वपुर्ण मानिएको छ। नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय बार्ता तय भइसकेको अवस्थामा प्रधानमन्त्री स्वयं भारत भ्रमणको तयारीमा लागेकाले परराष्ट्र मन्त्रीस्तरीय बार्ता भने अन्यौलमा परेको बताइएको छ।...
नारायणगढ-मुग्लिन सडकका पुल निर्माणले गति लियो

नारायणगढ-मुग्लिन सडकका पुल निर्माणले गति लियो

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । नारायणगढ- मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ । कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेको छ । एउटा पुल अन्तिम चरणमा पुगेको छ । बाँकी १५ पुलका लागि गएको चैतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्शनले ठेक्का स्वीकार गरेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर सविना रानाभाटका अनुसार ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन् । प्याकेज–१ को कूल ठेक्क...
‘क्रिसमस डे’का अवसरमा राष्ट्रपतिले दिइन् यस्तो शुभकामना

‘क्रिसमस डे’का अवसरमा राष्ट्रपतिले दिइन् यस्तो शुभकामना

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १० । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छिन् । यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाएव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वाबस राष्ट्रपतिले व्यक्त गरेकी छिन् । राष्ट्रपतिले यसबाट दिगो शान्ति प्रबर्द्धनमा सहयोग पुग्ने र समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई थप प्रेरणा मिल्ने विश्वातस पनि व्यक्त गरेकी छिन् । क्रिसमस, विश्वसभरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने पर्व हो । इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २...
भक्तपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

भक्तपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं पुस १० । भक्तपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति सवा २ बजेतिर जगातीबाट सूर्यविनायक आइरहेको ना६ख ३९८२ नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार वीरगन्ज महानगरपालिका १२ का ३० वर्षीय अजमदिन अन्सारीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार अनियन्त्रित भएर पल्टिएको ट्रकले च्यापेर उनको मृत्यु भएको हो ।...
श्रीमान विदेश, श्रीमती परपुरुषसँग भागेपछि……..

श्रीमान विदेश, श्रीमती परपुरुषसँग भागेपछि……..

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरी समेत बेखबर बनेकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । हराएकी महिला खोज्न प्रहरीले कदम चालिरहेको अवस्थामा पुनः दुई दिनपछि उनै व्यक्तिले बालिका पनि हराएकाले खोजी गर्न भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । महिला परपुरुषसँग गएको भन्ने जानकारी पाए पनि फेला पार्न भने नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । ‘पोखराका एक पुरुषसँग ती महिला गएको र एक दिन उनैको घरमा बसेको भन्नेसम्म सुराकी पाएका थियौं’, उनले भने, ‘उक्त स्थानमा भोलिपल्ट जाँदा प्रहरीले दुवैलाई फेला पार्न सकेन ।’ पोखरा निवासी ती पुरुषको घर प्रहरीले पत्ता ...
चैतदेखि बन्द रहेका सिनेमा हल आजदेखि खुल्दै

चैतदेखि बन्द रहेका सिनेमा हल आजदेखि खुल्दै

मनोरञ्जन, मुख्य समाचार
काठमाण्डौ, पुस १० । बन्द रहेका देशभरका सिनेमा हल आज शुक्रबारबाट खुल्ने भएका छन्। कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द सिनेमा हल आजदेखि खुल्ने भएका हुन् । व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल खुलाउन सरकारले चासो नदिएको भन्दै हल सञ्चालक आफैँले आजदेखि खुलाउन लागेका हुन् । आफैं हल खोलेर सरकारको ध्यानाकर्षण गराउन लागेको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताए । प्रधानका अनुसार विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशन तथा स्वास्थ्य मापदण्डअनुसार नै सिनेमा हल खुल्नेछन् । हलमा छिर्ने बेला भीडभाड हुन नदिने, स्यानिटाइजरको प्रयोग गराउने, माक्सबिना हलभित्र जान नदिने र दुई दर्शकबीचको सिट खाली राखेर सञ्चालन गर्ने तयारी छ । नेपाल हल संघको निगरानीमा स्वास्थ्य मापदण्ड पालन भए नभएको पनि अनुगमन गर्ने प्रधानले बताए । सकेसम्म हलको पूरा टिकटमध...
हिल्साको तापक्रम माइनस १५ डिग्रीमा झर्दा सीमा सुरक्षाकर्मीलाई सास्ती, नदीमा जम्यो बरफ

हिल्साको तापक्रम माइनस १५ डिग्रीमा झर्दा सीमा सुरक्षाकर्मीलाई सास्ती, नदीमा जम्यो बरफ

मुख्य समाचार, समाचार, स्थानिय तह
काठमाडौं, पुस १० । हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । नाम्खा–५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सीमा सुरक्षाका लागि बस्दै आएका हिल्सा ९बिओपी० का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताउनुभयो । उहाँका अनुसार नदीमा पानी नदेखिएर बरफले सेताम्मे देखिने गरेको छ । यो क्षेत्रमा यतिखेर घाम नलाग्ने भएका कारण चौबिसै घण्टा नदीमा बरफ जम्ने गरेको छ । नदीमा जमेको बरफमाथि चाहेमा वारपार गर्नसमेत सकिने भएको छ । चिसोका कारण नाकामा बस्दै आएका सशस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निस्किनसमेत समस्या भएको केसीले बताए । उक्त ठाउँका घरहरु कर्णाली नदी नजि...