Thursday, April 25
Shadow

कुन ठाउँको मौसम कस्तो ? यस्तो छ तीन दिनको पूर्वानुमान


  • -इ
  • इ+

 

 

काठमाडौं , पुस १३ । अहिले बागमती र गण्डकी प्रदेशको हिमाली भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले बदली भएको हो ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

पौष १३ गते (सोमबार)
दिउँसो : प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष १४ गते (मंगलबार)
दिउँसो : प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १५ गते (बुधबार)
दिउँसो : कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भु-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशका उच्च हिमाली भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भु-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
तापक्रम चिसो रहिरहने तथा तराई / पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares