Thursday, May 21
Shadow

ब्यानर समाचार

खाडीका ति श्रमिकहरुलाई हृदयदेखी नै सलाम

खाडीका ति श्रमिकहरुलाई हृदयदेखी नै सलाम

आर्थिक, ब्यानर समाचार, विचार, समाज
शरद रिजाल/काठमाण्डौँ, जेठ ६ नेपालमा कोरोना महामारीले अक्सिजनको अभाबमा थुप्रै नेपालीले ज्यान गुमाउनु परेको कारुणीक दृश्यले कस्को मन नदुख्ला र ? अझ प्रदेशी मुलुकमा श्रम गर्न गएका नेपाली दाजुभाईहरुले आफ्नो देशको यो भाबबिह्बल अबस्थाले प्रदेशको त्यो बिरानो भुमीमा स्वदेशप्रतिको आगाध मायाले केही गरौ भन्ने मनोभाबनाले उद्देलीत हुदै आफ्नो मेहनतको कमाई संकलन गर्दे नेपालमा ५६०थान अक्सिजन सिलीण्डर पठाएकाछन। नेपालमा आफ्नो रोजी रोटी नचलेर बिदेशी भुमीमा श्रम गर्न बाध्य नेपालीले संकटको बेलामा आफनो गास काटेर अक्सिजन सिलीण्डर नेपाल पठाउनु मातृभुमीप्रतिको आगाध माया र देशप्रतिको उत्तरदायीत्व हो मानिस आफ्नो घर गृह्स्थ नचल्ने अबस्था भयो भने न बिदेशीन्छ । घर परीवार र देश छोड्दै पैसाको लागी बिदेशीनुपर्ने नेपालीको अहिलेको बाध्यता होईन परापुर्बकालमा हाम्रा पुर्खाहरु भारत हुदै बर्मा गएका ईतिहास हाम्रो सामु छ । जत...
संक्रमण बढे संगै ककनी ३ को वडा कार्यालय आसपासमा निषेधाज्ञा थप कडाइ

संक्रमण बढे संगै ककनी ३ को वडा कार्यालय आसपासमा निषेधाज्ञा थप कडाइ

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, जेठ ४ कोरोना भाईरस अर्थात कोभिड १९ को दोस्रो लहर विश्वव्यापी रुपमा चलिरहेको छ । नेपालमा पनि संक्रमण दर र मृत्यु दर दिन प्रतिदिन बढि रहेको छ । सोहि क्रममा नुवाकोटमा पनि सक्रिय संक्रमितको दर बढ्दो क्रममा रहेको छ । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटमा सबै स्थानिय तह प्रभावित भएको छ । त्यस्तै ककनी गाउँपालिका वडा नं ३ मा एकै दिन १४ जनालाई कोरोना संक्रमण भए संगै निषेधाज्ञा कडाई गरिएको छ । वडा कार्यालय रहेको ढोकाभज्याङ क्षेत्र सिल गरिएको वडाध्यक्ष घननाथ बजगाईले बताएका छन् । संक्रमणले विकराल रुप लिईरहेको छ । संक्रमितहरु बढे संगै अस्पतालहरु सबै भरिएका छन् । अक्सिजन नपाएर मानिसहरु अस्पतालको बेडका छटपटाएर मृत्यु भईरहेको छ । त्यसैले सरकारले जारी गरेको निषेधाज्ञाको पूर्ण पालना गरेर आफू सुरक्षित हुनुनै कोरोना संक्रमण बाट टाडा रहने उपाय हो । दिनहुँ कोरोना...
कोरोनाबाट ज्यान बचाउन सांसद खतिवडाको अक्सिजन संकलन र सहयोग अभियान

कोरोनाबाट ज्यान बचाउन सांसद खतिवडाको अक्सिजन संकलन र सहयोग अभियान

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
नुवाकोट, ३ जेठ पछिल्लो समय दिनानुदिन बढिरहेको कोरोना संक्रमणका बिरामीहरुको अत्याधिक चापसँगै उपचारमा आवश्यक अक्सिजनको समेत अभाव हुँदा मुलुकभर अकालमै मृत्युवरण गर्नेहरुको संख्या उच्च छ । यस्तो संकटकाबीच अक्सिजन नपाएकै कारण बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्य लिएर बागमती प्रदेशसभाका सदस्य तथा नेकपा (माओवादी केन्द्र) नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले अक्सिजनको संकलन र सहयोग अभियान सुरु गरेका छन् । अभियानको थानलीस्वरुप पहिलोपटक जिल्ला त्रिशुली अस्पताललाई अक्सिजन सहितको सिलिण्डर सहयोग गरेका छन् । आफ्नै व्यक्तिगत लगानीमा खरिद गरिएको ६ हजार ८ सय लिटर अक्सिजनसहितको १० थान सिलिण्डर हस्तान्तरण गरेका हुन् । बिरामीहरुले अक्सिजनकै अभावमा मृत्युवरण गर्नु परिरहेको कहालिलाग्दो यस्तो महामारीमा आफ्नो दायित्व निर्वाहकै क्रममा पहिलो चरणको सहयोग स्वरुप अक्सिजन सहितको सिलिण्डर अस्पताललाई सहयोग गरिएक...
कोरोना भाइरसविरूद्ध औषधी बनाएको भारतको दाबी, रक्षामन्त्रीले गरे सार्वजनिक

कोरोना भाइरसविरूद्ध औषधी बनाएको भारतको दाबी, रक्षामन्त्रीले गरे सार्वजनिक

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाज, स्वास्थ्य
एजेन्सी नयाँ दिल्ली, जेठ ३ भारतले कोरोना भाइरसविरूद्धको औषधी बनाएको दाबी गरेको छ। सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहले एक कार्यक्रममार्फत् कोरोना भाइरसविरूद्धको औषधिको सार्वजनिक गरेका हुन्। कोरोनाविरूद्धको २- डिओक्सी-डि-गुल्कोज (२-डिजी) नामक औषधी डिफेन्स रिसर्च एन्ड डेभेलपमेन्ट अर्गनाइजेसन (डिआरडिओ) र डा. रेड्डीज मल्टिनेसनल फर्मास्युटिकल कम्पनी (डिआरएल)ले बनाएको हो। 'डिआरडिओ एवं डिआरएलद्वारा तयार गरिएको औषधि कोभिडका लागि सिद्ध हुन्छ। यो हाम्रो देशको वैज्ञानिक दक्षताको ठूलो उदाहरण हो,' रक्षा मन्त्री सिंहले कार्यक्रममा भने,'यो औषधीबारे म यही भन्न चाहन्छु कि यो आशाको नयाँ किरण हो।' यो औषधी प्रयोग गरेमा कोरोना भाइरसका संक्रमित छिट्टै निको हुने गरेको उनले विश्वास छ। अरू उपचारको तुलनामा यो औषधी प्रयोग गर्ने संक्रमित साढे दुई दिन अघि नै निको हुने कुरा आफूलाई जानकारी गराइएको उनले बत...
नुवाकोटमा जेठ १८ गते सम्म निषेधाज्ञा जारी

नुवाकोटमा जेठ १८ गते सम्म निषेधाज्ञा जारी

ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, जेठ २ दिनहुँ कोरोना संक्रमण बढे संगै नुवाकोटमा थप १५ दिन निषेधाज्ञा थपिएको छ । जिल्लामा हाल सम्म सक्रिय संक्रमित ६६८ र ५ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले आईतबार जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।
पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना पुष्टि, १४५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना पुष्टि, १४५ जनाको मृत्यु

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, जेठ २ नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ५ सय ३९ पीसीआर परीक्षणबाट ७ हजार ३ सय १६ र ३४४ एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गत २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
किन गरे प्रधानमन्त्री ओलीले शपथ ग्रहणमा सत्य निष्ठापुर्वक ‘प्रतिज्ञा’ गर्न अस्वीकार ?

किन गरे प्रधानमन्त्री ओलीले शपथ ग्रहणमा सत्य निष्ठापुर्वक ‘प्रतिज्ञा’ गर्न अस्वीकार ?

ब्यानर समाचार, राजनिती, विचार
शरद रिजाल/काठमाण्डौँ, जेठ २ शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गर्दा अशोभनीय ब्यबहार देखाएपछि सामाजीक सञ्जाल देखी यत्रतत्र उनको टिकाटिप्पण्ी भईरहेको छ । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्दै गर्दा किन प्रतिज्ञा गर्न अस्वीकार गरे ,भन्ने आमसर्बसाधारणलाई कौतुहुलता या शंशय देखिएको छ । उनले राष्ट्रपतिललाईे ‘‘ त्यो प्रदैन ’’ भनेर किन ईन्कार गरे। सर्बत्र चासो र चर्चाको बिषय बनेको छ । उनले उक्त अभिब्यक्ती दिईसकेपछि राष्ट्रपतिले हासेर प्रतिक्रीया दिएकी छन।संबैधानिक रुपमा यो राज्य बिरुद्दको अपराध हो । संबिधानबिद डा.भिर्माजुन आचार्यले संबिधान र राष्ट्रको स्वाधीनतालाइ गीज्याउनु राज्यबिरुद्दको अपराध गरेको भन्दै तत्काल संसदको बिशेष अबिधेशन बोलाएर कारबाही गर्न माग गरेका छन । यहा राष्ट्रपतिको उक्त प्रतिक्रीयाको र प्रधानमन्त्रीको अभीब्यक्तीको संबैधानीक र पदिय मर्यादाक...
पछिल्लो २४ घण्टामा २२५जना कोरोना संक्रमितको मृत्यु, ५ हजार २२५ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २२५जना कोरोना संक्रमितको मृत्यु, ५ हजार २२५ संक्रमणमुक्त

ब्यानर समाचार, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, वैशाख २८ पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै मृत्यु संख्या पनि बढ्न थालेको छ। दोस्रो लहरमा सिकिस्त बिरामीको संख्या बढ्दा मृत्युदर एक दिनमा सय भन्दा बढी संख्या हुन थालेको छ। गत २४ घण्टामा २२५जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ। हिजो देशभर १३९ संक्रमितको मृत्यु भएको थियो। २४ घण्टामा देशभर नेपालमा ९ हजार ४८३ जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ५९६ जनाको पीसीआर विधि र ७२० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ४८३ जना संक्रमित पुष्टि भएका हुन्। नयाँ संक्रमित थप भएसँगै ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन्। ४४८ जना व्यक्ति क्वारेन्टाइनमा छन्। आज देशभर ५ हजार २२५ जना व्यक्ति निको भएका छन्।...
काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १३ गते सम्म लम्बियो

काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १३ गते सम्म लम्बियो

ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, वैशाख २८ काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा जारी रहने भए सँगै अब होटेल तथा पार्टी प्यालेसमा हुँदै आएको विवाह, व्रतबन्ध जस्ता कार्यक्रममा रोक लगाइएको छ । मंगलबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा आउँदो जेठ १३ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । सोही बैठकले पार्टी प्यालेसमा हुँदै आएको विवाह, व्रतबन्ध र भोजजस्ता सबै कार्यक्रममा रोक लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनले यस्ता कार्यक्रमबाट कोरोना संक्रमण फैलिदै गएको पाईएपछि रोक लगाईएको बताए । यस्तै प्रमुख जिल्ला अधिकारीले उपत्यकामा विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेका छन् । ‘९ बजेसम्म मात्र खोल्न दिँदा भीडभाड बढेको हुनाले किराना र डिपार्टमेन्ट स्टोर १० बजेसम्म खोल्न दिने निर्णय गरेका छौं’ काठमाडौंका...
नुवाकोटमा जेठ ३ गते सम्म निषेधाज्ञा जारी

नुवाकोटमा जेठ ३ गते सम्म निषेधाज्ञा जारी

ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, वैशाख २६ दिनहुँ कोरोना संक्रमण बढे संगै नुवाकोटमा थप एक साता निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा हाल सम्म सक्रिय संक्रमित ५०७ र २ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले आईतबार जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।