राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले अर्थमन्त्री डा. प्रकाशसरण महतलाई बुझायो १४ बुँदे ज्ञापन पत्र
राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले अर्थमन्त्री डा. प्रकाशसरण महतलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको छ। बुधवार अर्थ मन्त्रालयमा नै पुगेर भन्सार एजेन्टको टोलीले सो ज्ञापन पत्र बुझाएको हो। भन्सार प्रशासनमा लक्ष्य अनुरूप राजश्व सङ्कलन नहुनुको कारण र सोको समाधानका सुझाव सहित ज्ञापन पत्र बुझाएको परिषद्ले जनाएको छ। उनीहरूले भन्सार एजेन्टले भोगिरहेका समस्या बारे पनि अर्थमन्त्रीलाई जानकारी गराएका छन्।ज्ञापन पत्र बुझाउँदै राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका अध्यक्ष भोलानाथ अर्यालले आर्थिक वर्ष सुरु भएको ९ महिनाको अवधिमा लक्ष्य अनुरूप राजस्व सङ्कलन हुन नसकिरहेको अवस्थामा अब बाकी अवधिमा सो राजश्व कसरी उठाउन सकिन्छ भन्नेबारे अर्थमन्त्रीलाई सुझाव दिएका थिए। भन्सारमा आवश्यक रहेको नीतिगत सुधारको विषयमा अर्थमन्त्रीसँग छलफल भएको अर्यालले बताए। '
राष्ट्रिय भन्सार एजेन्ट परिषदका महासचिव समिर विष्टले अर...









