पूर्वाधार विकास समितिकाे पहिलो बैठकमा माननीय प्रदीप पौडेल द्वारा १७ वटा प्रस्ताव
काठमाडौ - पूर्वाधार विकास समितिकाे पहिलो बैठकमा माननीय प्रदीप पौडेल ज्यूले विचार राख्दै नेपाल सरकार अन्तर्गतका मन्त्रालयले बनाउने नीति निर्माण तथा कार्यक्रममा निम्न विषयमा आफ्नो सुझाव प्रस्ताव गर्नुभएको छ ।
१, सरकारले आगामी निति तथा कार्यक्रममा भौतिक पुर्वाधार प्राधिकरणको व्यवस्था गर्नुपर्ने ।
२. उपत्यका विकासका लागि अधिकार सम्पन्न उपत्यका पूर्वाधार विकास प्राधिकरणको व्यवस्था गर्नुपर्ने ।
३, योजना निर्माण र कार्यान्वयन गर्दा संघिय मन्त्रालयहरू बिचमा अनिवार्य समन्वय हुनुपर्ने ।
४, काम कारवाही र नीति निर्माणका सवालमा संघ, प्रदेश र स्थानीय तह बिचमा डुब्लीकेशन हुने वा रहने अवस्थाको अन्त्य गरिनुपर्ने ।
५. योजना कार्यान्वयनका सवालमा समयमा काम सम्पन्न नगर्ने, लागत बढाउने, अलपत्र वा भद्रगोल अवस्थामा राख्नेलाई कडा कारवाहीका लागि कानुनी व्यवस्था गरिनुपर्ने ।
६. पूर्वाधार विकासमा सुशासन कायम गर...








