Friday, April 26
Shadow

अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण र रोजगारी दिनुपर्छ : माधव नेपाल


  • -इ
  • इ+

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादी पूर्व अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन उपयुक्त हुने बताएका छन् ।

अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णयप्रति टिप्पणी गर्दै उनले रोजगारी र ऋण उपलब्ध गराउँदा राम्रा हुने बताएका हुन् ।

धनगढीमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले भने, ‘यसबारे कुरा उठेकै हो । यस्तो बेला पैसा दिनुपर्ने कुनै विषय नै छैन । पीडितहरूलाई बरु रोजगारी, ऋण दिने कुरा राम्रो हुन्छ ।’

मुलुक आर्थिक सङ्कटले गुज्रिरहेका बेला सरकारले अयोग्य लडाकुलाई पैसा दिनेगरी गरेको निर्णय कार्यान्वयन गर्न नहुने उनको तर्क छ । यसबारे आफूले प्रधानमन्त्रीसँग कुरा गर्दा नयाँ नभएर पहिलेकै निर्णय कार्यान्वयन गरेको जवाफ आएको उनको बताए ।

अध्यक्ष नेपालले मुलुकले पछिल्लो समय व्यहोरिरहेको आर्थिक सङ्कटबारे गठबन्धनमा आबद्ध दलहरू गम्भीर भएको दाबीसमेत गरे ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares