नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
काठमाडौ - नेपाल पेन्ट उद्योग संघको २३औं बार्षिक साधारणसभा होटल क्राउन इम्पेरियलमा जनवरी ६ तारीखमा सुरु भै ७ तारीखमा सम्पन्न हुनेछ । उक्त कार्यक्रमको अध्यक्षता नेपाल पेन्ट उद्योग संघका अध्यक्ष - बिश्व प्रकाश साखःले गर्नुभएको थियो ।
प्रमुख अतिथि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिब - डा.तोयानारायण ज्ञावली , अतिथिहरु भन्सार बिभाग महानिर्देशक - चक्रबहादुर बुढा , उद्योग बिभाग महानिर्देशक - रामचन्द्र तिवारी , गुणस्तर तथा नापतौल बिभाग महानिर्देशक - दिनानाथ मिश्र , आन्तरिक राजस्व बिभाग महानिर्देशक - दीर्घ राज मैनाली , नेपाल उद्योग बाणिज्य महासंघ बरिस्ठ उपाध्यक्ष - चन्द्रप्रकाश ढकाल , नेपाल पेन्ट संघका उपाध्यक्ष - अभिषेक मुरारका , महासचिव - चन्द्रपक खड्गी हुनुहुन्थ्यो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले पानसमा बत्ति बालेर गर्नुभयो ।
स्वागत मन्तव्य कार्यक्रमका अध्यक्षले गर्नुभएको थियो ।स्वाग...
स्वतन्त्र बौद्धिक समुदायले रिपोर्टस क्लबमा एक कर्यक्रम गरि प्रधानमन्त्री लाई नीति तथा कार्यक्रम निर्माणमा ध्यानाकर्षण गरेको छ । उक्त कार्यक्रम गोविन्द बोहरा ब्राह्मण ले संचालन गर्नुभएको थियो भने अध्यक्षता राजिव झा ले गर्नु भएको थियो ।
वक्ताहरूमा, राजिव झा, गोविन्द बोहरा "ब्रह्माण्ड", भुमिनन्द देवकोटा, नारायण शर्मा पौडेल, अनिल सिंह , दिनेश खनाल ।
भुमिनन्द देवकोटाले ध्यानाकर्षण पत्र पढेर ब्याख्या गर्नुभएको थियो । अनिल सिंहले आजसम्मका प्रगतिशील क्रान्तिकारी भनेर आएका कुनै पनि पार्टीले आफ्नो जनता प्रतिको दायित्व बुझ्न सकेनन । यस्तै हो भने अब जनताले फेरि अर्को आन्दोलन / युद्ध गर्ने स्थिति आउँछ यस्तो अवस्था हुन दिने छुट यो सरकारलाई छैन भन्नुभयो ।
नारायण पौडेलले आफू माओवादी युद्धमा लाग्दाको आदर्श र नारा जनताको पक्षमा नभएकोले आफुले पुनः आन्दोलनमा भाग लिन पर्ने स्थिति भएको बताउनुभयो ।
कार्यक्रम...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह एक हप्ता लामो इन्डोनेसिया भ्रमणमा गएका छन् । मंगलबार श्रीमतीसहित इन्डोनेसिया गएका बालेनको यो व्यक्तिगत भ्रमण रहेको उनको सचिवालयले जनाएको छ ।
उनका स्वकीयसचिव भूवदेव शाहका अनुसार उनी पुष २५ गते नेपाल फर्किने कार्यतालिका छ ।
इन्डोनेसियाको बाली नेपालीहरुको लागि सबैभन्दा धेरै भ्रमण गन्तव्यको शहर हो । यहाँ जानको लागि पूर्ववत् भिसा लगाउनु नपर्ने भएकोले यहाँ नेपालीहरु धेरै घुम्न जाने गर्छन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेनको यो पहिलो वैदेशिक भ्रमण रहेको पनि शाहले बताए ।...
टोखा नगरपालिकाले यस क्षेत्र भित्र दर्ता भई सञ्चालनमा आएका व्यक्ति तथा संघ संस्था लाई सम्पत्ति कर, वहालकर , एवं व्यावसाय कर तिर्न भनि एक सूचना जारी गरेको छ।
साथै दर्ता नभएको व्यवसायीहरूले व्यावसाय दर्ता गरि कर तिर्न नगरपालिकाले यस सूचना द्वारा जानकारी गराएको छ।
सूचना मा उल्लेख भए अनुसार नगर्ने व्यक्ति तथा संस्थालाई प्रचलित कानुन अनुसार कारबाही हुने बेहोरा समेत जानकारी गराईन्छ ।
...
काठमाडौं । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई सरकारले कालो सूचीमा राखेको छ । यसरी कालो सूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नपाउने भएका छन् ।
निर्धारित समयमा काम नगरी कालो सूचीमा परेकाहरुमा सूर्योदय कन्ट्रक्सन र यसका संचालक तुल्सीराम रायमाझी रहेका छन । सो कन्ट्रक्सनलाई एक वर्षका लागि कालो सूचीमा राख्न भनिएको छ ।
उक्त फर्मलाई कालो सूचीमा राख्नका लागि संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पोखराले लेखी पठाएको हो । यो कम्पनीले समयमा सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम गर्न नसकेका कारण कालो सूचीमा राखिएको हो ।
एसएसपी कन्ट्रक्सन धादिङ र यसका संचालक फौदनाथ सापकोटालाई कालो सूचीमा राख्नका लागि खैरहनी नगरपालिका चितवनले ...
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै बाजुराका सञ्जिव अएडी र चेतनदीप अएडीको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको भएको जानकारी दिएका हुन् ।
मृतकको परिवारलाई १०–१० लाख आर्थिक सहयोग दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेको मन्त्री पौडेलले बताए ।
यस्तै, कम्बोडियामा मृत्यु भएका निराकर पाण्डेको शव ल्याउन लाग्ने खर्च पनि सरकारले नै व्यहोर्ने उनले बताए ।
मन्त्री पौडेलले भने– ‘राष्ट्रियसभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको छ ।
...
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने भएको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनिश्चितता लागि विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने निर्णय भएको बताएका हुन् ।
उनले सरकारले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको जानकारी दिए । उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको बताए ।
उनले कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए ।
उनले भने, ‘अर्थ...
भन्सार एजेन्टहरुले राजस्व संकलनमा वृद्धि गर्न र भन्सार एजेन्टहरुको हित हुनुपर्नेमा जोड दिदै भन्सार एजेन्टहरुको १४ बुदें मागपत्र अर्थमन्त्रीलाई अर्थमन्त्रीको कार्यकक्षमा बुझाएका छन ।भन्सार एजेन्टका विविध समस्याहरुको समाधान गर्ने उद्धेश्यले भन्सार एजेन्टको पेशागत हकहितको लागि गठित राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले आज अर्थ मन्त्रालयमा अर्थ मन्त्री विष्णु प्रसाद पौडेललाई एक कार्यक्रमका विच ध्यानाकर्षण गराई ज्ञापन पत्र बुझाएको छ । अन्तराष्ट्रिय व्यापारको आयाममा बढोत्तरी भएसंगै र यसको अनुपातमा भन्सार एजेन्टको संख्या अत्यन्त न्यून रहेकोले अर्थ मन्त्रालय भन्सार विभागले लामो समयको कसरतबाट गत असारमा ६१८ जनालाई इजाजत पत्र वितरण गरेको थियो ।
राज्यको सबैभन्दा बढी राजश्व संकलन हुने भन्सार क्षेत्रमा भन्सार एजेन्टले राजश्व संकलनमा महत्वपूर्ण योगदान पुर्याएका छन् । साथ...
-
केशव दाहाल
सभ्यताले मान्छे, प्रकृति, समाज, संस्कृति, अर्थतन्त्रका विविध पक्षहरूको समग्र चित्र दिन्छ। हामीले विकासका बारेमा सोच्दा समग्र प्रकृतिबारे सोच्नुपर्छ। मान्छेबाहेकका जनावर, चराचुरुङ्गी र पर्यावरण पनि सोच्नुपर्छ। विकासको 'हार्डवेयर'मात्र होइन, सफ्टवेयरबारे पनि सोच्नुपर्ने हुन्छ। कला संस्कृति, संगीत र सभ्यताबारे पनि सोच्नुपर्ने हुन्छ। मानव समाजको समग्र चीज नै सभ्यता हुन् र सभ्यतालाई एक कदम अगाडि लैजाने कुरा विकास हो।
तर, हाम्रा राजनीतिक अगुवाहरूले केबल पूर्वाधारलाई मात्रै विकासका रूपमा बुझ्ने गरेको देखिन्छ। पूर्वाधारभित्र पनि चौडा सडक, ठूला घर, ठूलो संरचना, ठूला एयरपोर्ट, रेल बनाउने त्यसबाट कुस्त पैसा कमाउने हुने कुरालाई नै विकास बुझिने गरेको छ। आम मान्छेले कुनै पनि कुराको आयतन बढ्नुलाई मात्रै विकास ठान्ने गरेका छन्। चुनावमा कुनै पार्टीले धेरै सिट ल्याए त्यस पार्टीको वि...