आधुनिक नेपालका युग नायक पृथिबी नारायण शाह – डा. अम्विरस पोख्रेल
आधुनिक नेपालका युग नायक पृथिबी नारायण शाह ।
१. हालको अमेरिका स्वतन्त्र राष्ट्र नहुँदै पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरिसकेका थिए। त्यो अभियानमा सक्रिय रहेका थिए । युरोपमा बिज्मार्क र नेपोलियन भन्दा अघि पृथ्वीनारायण शाह हिरो बनिसकेका थिए । काल्पनिक कथाका पात्र जस्तै भइसकेका थिए उनी युरोपमा समेत ।
२. विश्व साम्राज्य महाशक्ति अंग्रेजलाई थुर थूर पारेका सेनापति राजा थिए पृथ्वीनारायण शाह । अहिले जस्तो खोपीमा बसेर देश मैले बनाएको हो भन्ने नेता थिएनन्। टुक्रा टुक्रा रहेको नेपालमा पचास भन्दा बढी राज्यहरू थिए । युद्दमा आफै कमाण्ड गरेर हिँड्थे लड्थे र विजयको झण्डा बोकेर अझ अगाडि बढ्थे ।
३. यसरी उनले आफै युद्धमा नायकत्व गर्दै होमिदै नेपाल एकिकरण गरेका थिए। पृथ्वीनारायणको वीर गाथा सुनाउदा विश्वमा सबै ट्वॉ परेर सुन्छन् अहिले पनि । हामी कहिल्यै परतंत्र भएनौ, त्यसैले हाम्रो कुनै राष्ट...







