काठमाडौं, २ साउन । ऊर्जामन्त्री शक्ति बस्नेतलाई सरकार छाड्न पार्टीभित्रबाटै दबाब पर्दै गएको छ । जनमत पार्टी सरकारमा सहभागी हुन चाहेकोले माओवादी केन्द्रको भागमा परेको मध्येबाटै एक मन्त्री पद रिक्त गर्नुपर्ने हुन्छ ।
माओवादी केन्द्रका हालका अन्य मन्त्रीहरू भन्दा कम क्रियाशीलता रहेको आरोप खेपेका र समावेशिता दुबै पाटो देखिएकाले बस्नेतलाई सरकार छाड्न दबाब परेको हो ।
उनी गृहमन्त्री र वनमन्त्री पहिले नै भैसकेका थिए ।