Thursday, May 2
Shadow

तारकेश्वर सामुदायिक विद्यालय समितिकाे २८ औं वार्षिक साधारणसभा सम्पन्न


  • -इ
  • इ+

काठमाडौं – तारकेश्वर सामुदायिक विद्यालय समितिकाे २८ औं वार्षिक साधारणसभा यही असार २९ गते भानु जयन्तीको अवसर पारी भव्य रुपमा सम्पन्न भएकाे छ । सचिब राजु नेपालकाे सञ्चालनमा, समितिका अध्यक्ष कृष्णप्रसाद ओझाको अध्यक्षता रहेको थियो ।

नगर प्रमुख कृष्णहरी महर्जनकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारणसभामा काेषाध्यक्ष अर्जुल फुयालले आर्थिक प्रतिवेदन, लेखा समितिका तर्फबाट लेखा सदस्य हाेमनाथ अंगाईले लेखा समितिकाे प्रतिवेदन एवं अध्यक्ष कृष्णप्रसाद ओझाले आगामी वर्षकाे नीति तथा कार्यक्रम सभामा पेश गरेका थिए ।
नगर प्रमुख कृष्णहरि महर्जनले शिक्षा आफ्नाे विशेष प्राथमिकताकाे क्षेत्र रहेकाे जानकारी गरनउदै बजेटकाे कमि हुन नदिने बताए । विशेष अतिथिका रुपमा आमन्त्रित शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख नन्दलाल पाैडेलले शिक्षण पेशा संसारमानै उतकृष्ठ रहेकाे बताउदै यसलाई मर्यादित बनाउन जाेड दिए ।

तारकेश्वर ३ का वडाध्क्ष एवं सामाजिक समिति संयाेजक परशुराम अर्यालले सम्मानिा सबैलाई बधाई दिएका थिए । तारकेश्वर नगरका सल्लाहकार एवं शिक्षा समिति सदस्य राजेन्द्रप्रसाद तिमल्सिनाले शैक्षिक वर्ष २०७९ आधार वर्ष रहेकाे र शैक्षिक वर्ष २०८० बाट उच्च उपलब्धि हासिल हुने गरि शिक्षाका कार्यक्रम अगाडि बडाउने याेजनामा नगरपालिका रहेकाे कुरा जानकारी गराए । २२ विद्यालयका १५० शिक्षक कर्मचारि सम्मिलित उक्त कार्यक्रममा ५२ जना शिक्षक, विद्यार्थीहरु सम्मानित भएका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares