Monday, December 9
Shadow

एमाले ले सरकारको बिरोध को नाममा सम्पुर्ण ब्यवस्था ध्वस्त पार्ने काम गरिरहेको छ – मुख्यमन्त्री शालिकराम जम्कट्टेल ।


  • -इ
  • इ+

काठमाडौ – सरकारले भ्रष्टाचारको फाइल खोल्दै गए पछि एमाले आत्तिएको र संसद चल्न नदिने हर्कत गर्नुले भ्रष्टाचारको नाइके एमाले हो जस्तो गर्दै वाग्मती प्रदेशको मुख्य मन्त्री  आफ्नो फेसबुक स्टाटसमा प्रचण्डले अब भ्रष्टाचारको मुद्दामा एमाले संग झुक्न नहुने बताएका छन ।

उन्ले आफ्नो स्टाटस यसरी लेखेका छन –

प्रतिनिधीसभा र प्रदेशसभाहरूमा एमाले प्रतिपक्षमा छ । तर उसले रबाफ सत्तापक्ष को जस्तो देखाउन खोज्दछ ।प्रतिनिसभा र प्रदेशसभामा एमालेको अभिब्यक्ती र उछृङ्खलता  हेर्दा यति धेरै बिक्षिप्त देखिन्छ कि आक्रोश , प्रतिशोध र कुण्ठाले जलिरहेको देखिन्छ । यो सिस्टममा प्रतिपक्ष लाई Waiting Government हो भनिन्छ र प्रतिपक्षले धैर्यता गर्दछ । एमाले ले सरकारको बिरोध को नाममा सम्पुर्ण ब्यवस्था ध्वस्त पार्ने काम गरिरहेको छ । पशुपतिको जलरी प्रकरणमा केपी ओलीको नाम लिन नहुने संसदको रेकर्डबाट हटाउनु पर्ने । यो भन्दा निरकुश चरित्र अरू केही हुन्छ । बहुमतको प्रघानमन्त्रीलाई सकेसम्म संसदमा बोल्नै नदिने । बोल्न शुरू गरेपछि होहल्ला गर्ने ।प्रधानमन्त्रीले बोलुनजेल कुरा सुन्ने धैर्यता गर्न नसक्ने । बजेट पास गर्दा अहिलेसम्म नभएको मत बिभाजनको प्रकृया अप्नाउने , तिललाई ताहाड बनाउने र बितन्डता मच्चाउने काम एमाले गरिरहेको छ । यसको प्रमुख कारण भनेको सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको राम्रो कामबाट एमाले धेरै अत्तालिएको छ ।सरकारले शुरू गरेको भ्रष्टाचार बिरूद्दको अभियानबाट सबै भन्दा धेरै एमाले आत्तिएको छ । हरेक भ्रष्टाचार काण्डमा एमालेका नेता र उसका नजिकका मान्छे देखिने गरी मुछिएका छन । प्रधानमन्त्रीको नाम सुन्न नचाहने केपी ओली नक्कली भुटानी शरणार्थी प्रकरणको बेलामा बालुवाटार कस्लाई जोगाउन दौडदुप गरेका हुन । यसको जानकारी सम्माननीय प्रधानमन्त्री ज्युले अब जनतालाई दिनु पर्दछ ।अब छानबिन हुने चर्चामा आएका भ्रष्टाचार काण्डहरू त सबै एमाले नेतृत्वको सरकारको पालामा मात्रै भएको छ । एमाले कति राष्ट्रबादी छ भन्ने तथ्य इतिहास साक्षी छ । माहाकाली सन्धी लगाएतका थुप्रै राष्ट्रघाती काममा एमाले नेतृत्व सह्भागी छ । एमाले माओबादी भन्दा राष्ट्रबादी न हिजो थियो न आज छ न भोली हुनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares