विरगंज उवा संघ र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
विरगंज - विरगंज उद्योग वाणिज्य संघ र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालबीच श्रावण १५ गते साेमबार विरगंज उद्योग वाणिज्य संघकाे सभाहलमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ।
उक्त कार्यक्रममा विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, सचिव नरेश टिबडेवाल, सम्पूर्ण पदाधिकारी र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालका केन्द्रीय अध्यक्ष भाेलानाथ अर्याल, केन्द्रीय सचिव साेमनाथ खडाल, केन्द्रीय सदस्य तथा विरगंज इकाई समितिका इन्चार्ज कपिल सत्याल, केन्द्रीय सदस्य विकास भन्डारी, केन्द्रीय सदस्य कुमार खरेल, विरगंज इकाई समितिका अध्यक्ष श्री प्रदिप कुमार उपाध्याय,उपाध्यक्ष अनिल पटेल, सचिव उमेश खतिवडा, काेषाध्यक्ष सुवास यादव लगायत निजी क्षेत्रका व्यापारीहरुकाे उल्लेख सहभागिता थियाे। विरगंज उद्योग बाणिज्य संघका अध्यक्षले शुभकामना मन्तव्य राख्दै भर्खरै प्र...









