Saturday, October 10
Shadow

ब्यानर समाचार 2

कांग्रेसका लागि सत्ता ठूलो कुरा होइन, पर्खेर बसौं : प्रदीप पौडेल

कांग्रेसका लागि सत्ता ठूलो कुरा होइन, पर्खेर बसौं : प्रदीप पौडेल

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सत्तामा जान हतार गर्न नहुने बताएका छन्। नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसका अवसरमा काठमाडौंमा मंगलबार आयोजित 'नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी' विषयक गोष्ठीमा बोल्दै उनले कांग्रेसका लागि सत्ता ठूलो कुरा नभएको बताए। ‘कांग्रेसका लागि सत्ता ठूलो कुरा होइन। पर्खेर बसौं, यो देशले कांग्रेसलाई फेरि सत्तामा पुर्‍याउँछ,’ उनले भने, ‘सत्ताका निम्ति हतार नगरौं, अहिले जुन गठबन्धन बनेको छ त्यो चिरस्थायी हुँदैन, उहाँहरू आफैंमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ।’ सत्तामा कांग्रेस किन जाने हो, के गर्न जाने हो भन्ने कुरा पहिले प्रष्ट हुनुपर्ने र काम गर्न पूर्वतयारी गर्नुपर्ने उनले बताए। ‘कुन क्षेत्रमा कसरी काम गर्ने हो प्रष्ट हुनुपर्छ,’ उनले भने, ‘नेपालमा सुशासन कसरी कायम गर्ने, स्वास्थ्य र शिक्षामा जनताको पहु...
नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ : उपाध्यक्ष कोनेल

नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ : उपाध्यक्ष कोनेल

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- विश्व बैंकले नेपालको लेखा प्रणाली उत्कृष्ट रहेको बताएको छ । विश्व बैंककी वित्तीय उपाध्यक्ष तथा ग्रुप नियन्त्रक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताइन् । “मैले केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमण गरेकी थिएँ,” उनले भनिन्, “नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ ।” लेखा प्रणालीमा अपनाइएको पेपरलेस पद्धतिले सुशासनका लागि प्रभावकारी काम गर्ने उनको भनाइ थियो । जवाफमा मन्त्री पुनले १२ वर्षअघि आफू पहिलोपटक अर्थमन्त्री भएका बेला राजस्व र लेखामा कम्प्युटरमा हिसाब राख्ने प्रविधि लागु गरेको स्मरण गर्दै परिवर्तित सन्दर्भमा थप प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने गरी सुधार गर्ने उल्लेख गरे ।...
उपचुनाव : एमालेले सुहाङ उम्मेदवार टुंगो लगाएसंगै अन्य दलहरु दबाबमा !

उपचुनाव : एमालेले सुहाङ उम्मेदवार टुंगो लगाएसंगै अन्य दलहरु दबाबमा !

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाण्डौ– आउँदो वैशाख १५ गते हुने उपचुनावको लागि मुख्य दलहरु उम्मेदवार छनोट र प्रचार अभियानमा जुटेका छन् । एमालेले उम्मेदवार टुंगो लगाएर प्रचार अभियान थालिसकेको छ भने अरु दलहरु आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेसमा उम्मेदवारको नाम सिफारिस भए पनि निर्णय हुन बाँकी छ । सत्तारुढ माओवादी, जसपा र एकीकृत समाजवादीले उम्मेदवारी दिने–नदिने टुंगो लागेको छैन । सत्तारुढ अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने उम्मेदवारी दिने बताएको छ । तर एमालेले रास्वपालाई मनाउनको लागि पहल गरिरहेको छ । निर्वाचन आयोगले आउँदो २४ गते उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको छ । इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गएको भदौमा हृदयघातबाट निधन भएपछि र बझाङ प्रदेश सभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा परी निधन भएपछि ती क्षेत्रमा उपचुनाव हुन ...
लुम्बिनीमा ओडिसी सांस्कृतिक कार्यक्रम सम्पन्न

लुम्बिनीमा ओडिसी सांस्कृतिक कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  लुम्बिनी , चैत्र ११। नेपाल-भारतबीचकाे सांस्कृतिक सम्बन्धलाई थप उचाईमा पुर्याउने उद्देश्यले लुम्बिनीमा ओडिसी सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । काठमाडौं स्थित भारतीय दुतावासकाे सांस्कृतिक शाखा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र एवं लुम्बिनी बिकास काेषकाे संयुक्त आयाेजनामा प्रख्यात ओडिसी डान्स शिक्षक एवं काेरियाेग्राफर ककली बाेसकाे नृत्य प्रस्तुत गरिएकाे थियाे । कार्यक्रममा नेपाल-भारतकाे सम्बन्ध दुई छिमेकी देशकाे मात्र नभई सामान भाैगाेलिक परिवेश , सांस्कृतिक समानता एवं बर्षाैदेखिकाे सुमधुर पारस्परिक नाताले ओेतपराेत रहेकाे उपस्थित वक्ताहरुकाे भनाई थियाे । भारतीय दुतावासद्वारा आयाेजना गरिने सांस्कृतिक कार्यक्रमहरु दुवै देशकाे सम्बन्धलाई विश्वसामु प्रस्तुतमात्र गर्दैन हाम्राे लुम्बिनी प्रदेशकाे सांस्कृतिक , सामाजिक एवं आर्थिक समृद्धिकाे लागि पनि त्यतिकै महत्वपुर्ण भुम...
रवि लामिछाने पदमा बसिरहनु रहस्यमय : डा.कोइराला

रवि लामिछाने पदमा बसिरहनु रहस्यमय : डा.कोइराला

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ- नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । शनिबार काठमाडौँका आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले सडकदेखि संसद्सम्म विरोध भैरहँदासमेत लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको छ कि भन्ने प्रश्न उठेको बताए । उनले भने, ‘चौतर्फी विरोध भइरहँदा पनि पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको छ ।’ कोइरालाले रवि लामिछानेले तत्कालका लागि पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने बताउँदै भने, ‘उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भइहाल्यो ।’ सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिरहँदा पनि काठमाडौँका चेतनशील मानिसहरू चुपचाप बसिरहँदा अचम्म लागेको समेत नेता कोइरालाले बताए । उनले हरेक परिवर्तनमा काठमाडौँवासीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै अबका ...
नुवाकोटको कुन स्थानिय तहले कति पाए वित्तीय समानीकरण अनुदान ?

नुवाकोटको कुन स्थानिय तहले कति पाए वित्तीय समानीकरण अनुदान ?

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि स्थानीय तहलाई ८८ अर्ब रूपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ। स्थानीय तहतर्फ समानीकरण अनुदानमा न्यूनतम २६ अर्ब ६८ करोड ५० लाख, सूत्रमा आधारित ५७ अर्ब ७९ करोड ५० लाख र कार्यसम्पादनमा आधारित ३ अर्ब ५२ करोड गरी ८८ अर्ब रुपैयाँ सिफारिस गरेको हो। वित्त आयोगको सिफारिसकै आधारमा आगामी बजेटबाट संघीय सरकारले वित्तीय समानीकरण अनुदान उपलब्ध गराउनुपर्ने हुन्छ। आयोगले यो न्यूनतम आवश्यकता, सूत्रमा आधारित र कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान उपलब्ध गराउँछ। नुवाकोटको १२ स्थानीय तहहरू मध्ये सबैभन्दा धेरै अनुदान पाउनेमा विदुर नगरपालिका रहेको छ । विदुरले १४ करोड ९१ लाख पाउने भएको छ । त्यस्तै बेलकोटगढी नगरपालिकाले ११ करोड ८० लाख अनुदान पाउने भएको छ । त्यस्तै ककनी गाउँपालिकाले ९ करोड ७६ लाख, शिवपुरी गाउँ...
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा रिहा !

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा रिहा !

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ। जिल्ला अदालत काठमाडौंले पहिलो पटक दिएको ४ दिनको म्याद बिहीबार सकिएपछि अर्को म्याद नलिई उनलाई हाजिरी जमानीमा छाडिएको हो। बिहीबार नै म्याद सकिए पनि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा ब्युरो (सीआईबी)ले अदालत नलगी छाडेको हो। हाजिरी जमानीमा छाड्न उनको फाइल सरकारी वकिल कार्यालयमा पठाएपछि त्यहीँबाट रिहा भएका सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए। सरकारी वकिल कार्यालयको रायपछि महरालाई छोरा निर्मल महराको जिम्मा लगाएको छ। पूर्वसभामुखसमेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा सीआइबीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो।...
कृष्णनगरमा क्वारेन्टाइन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कृष्णनगरमा क्वारेन्टाइन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र, कपिलवस्तु, चैत्र ६ कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज पशु क्वारेन्टाइन कार्यालय भैरहवा अन्तर्गत पशु क्वारेन्टाइन चेक पोष्ट कृष्णनगरको आयोजनामा सुरक्षा निकाय, पत्रकार, व्यवसायी हरुलाई एक दिने क्वारेन्टाइन सम्बंधि सचेतना कार्यक्रम सम्पन्न भएको छ। पशु पंक्षी तथा पशु जन्य पदार्थको तस्करी तथा अन्य अवस्था हेर्ने प्रमुख उदेश्यका साथ कार्यक्रममा पशु क्वारेन्टाइनको परिचय, क्वारेन्टाइनको वर्तमान संरचना, दण्ड जरिवाना र सजायको व्यवस्था, पशु ढुवानी मापदंड २०६४, क्वारेन्टाइनको महत्व लगायतका विषयमा सहजीकरण पशु क्वारेन्टाइन कार्यालय भैरहवा बाट आएका डा .मनोज अधिकारीले गरेका थिए। कार्यक्रममा सहभागी हरूले स्थानीय स्तर बाट समेत सुझाव संकल्न गरेर नियमहरु बनाउनु पर्ने, अन्य देशबाट पशु तथा पशु जन्य पदार्थ ल्याउदा भन्सारको राजस्व कम हुनुपर्ने, पशु तथा पशु जन्य पदार्थको तस्करी रोक्न जनचेतना फ...
उद्योग वाणिज्य संघ कृष्णनगर द्वारा मन्त्री अधिकारी लाई स्वागत

उद्योग वाणिज्य संघ कृष्णनगर द्वारा मन्त्री अधिकारी लाई स्वागत

ब्यानर समाचार 2, मुख्य समाचार
कृष्णनगर , चैत्र ३ नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सबै जनताले बास पाउनुपर्ने बताएका छन् । उनले सुकुम्बासी, दलित भूमीहीन, अव्यवस्थितको समस्याको हलमा केन्द्रित भएको बताएका छन् । जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन् । जिल्ला र राष्ट्रको समस्या समाधान गर्ने कामको रणनीति बनाएर उत्थान गरिने उनले बताए । सुखी नेपाली, समृद्ध नेपालको बनाउने सवालमा पूँजी र क्षमताको आधारमा सबैलाई प्राप्त हुने गरि काममा ध्यान केन्द्रित भएको उनले बताए । भूमीहीन जटिल समस्या भएको बताउँदै त्यस समस्याको हल गर्ने कुरामा मन्त्रालय र सरकार लाग्ने मन्त्री अधिकारीको भनाई छ । उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष राम कुमार गुप्ताले कृष्णनगर भन्सार नाका लुम्बिनी प्रदेशको मुख्य नाका भएकोले सुक्ख ब...
आखा चिम्लेर समर्थन पनि नगर्ने, आखा चिम्लेर विरोध पनि नगर्ने – माधवकुमार नेपाल

आखा चिम्लेर समर्थन पनि नगर्ने, आखा चिम्लेर विरोध पनि नगर्ने – माधवकुमार नेपाल

ब्यानर समाचार 2, मुख्य समाचार
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीनिकट महिलाहरूको भेला तथा प्रशिक्षणलाई शुक्रबार सम्बोधन गर्दै आफ्नो पार्टी देशका सबै कम्युनिस्ट पार्टीहरूलाई मिलाउने मूल्यमा कुनै पनि पद नचाहिने बताएका छन् । एमाले अध्यक्ष केपी ओलीसँगको पछिल्लो संवाद र छलफललाई इंगित गर्दै नेपालले मिल्नुको मतलब दुई पार्टी मिल्ने अर्थमा नबुझ्न कार्यकर्ताहरूलाई आग्रह गर्व्का छन । मिल्नुको मतलब दुई पार्टी मिल्ने होइन, जानेहरू अहिले बेहाल भइरहेका छन् । मुकुन्द न्यौपाने , केदारजीको बिजोग छ । हामी सिँगै देशको कम्युनिस्टहरूलाई मिलाउने हो भने तयार छौँ । सबै कम्युनिस्टहरूलाई गोलबन्द गर्ने हो भने तयार छौँ देश बनाउनुछ हामीलाई,’ नेपालले भने, ‘हामीलाई कुनै पद ओगटेर बस्नुछैन । हामीलाई प्रधानमन्त्री पद, पार्टी अध्यक्ष पद पनि चाहिएको होइन, यो देशको प्रगति र परिवर्तन चाहिएको हो ।’ नयाँ सत्तासमीकरणसँगै समय फेरिएकाले बोली...