Monday, April 29
Shadow

लुम्बिनीमा ओडिसी सांस्कृतिक कार्यक्रम सम्पन्न


  • -इ
  • इ+

– अजय मिश्र 

लुम्बिनी , चैत्र ११।
नेपाल-भारतबीचकाे सांस्कृतिक सम्बन्धलाई थप उचाईमा पुर्याउने उद्देश्यले लुम्बिनीमा ओडिसी सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।
काठमाडौं स्थित भारतीय दुतावासकाे सांस्कृतिक शाखा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र एवं लुम्बिनी बिकास काेषकाे संयुक्त आयाेजनामा प्रख्यात ओडिसी डान्स शिक्षक एवं काेरियाेग्राफर ककली बाेसकाे नृत्य प्रस्तुत गरिएकाे थियाे ।
कार्यक्रममा नेपाल-भारतकाे सम्बन्ध दुई छिमेकी देशकाे मात्र नभई सामान भाैगाेलिक परिवेश , सांस्कृतिक समानता एवं बर्षाैदेखिकाे सुमधुर पारस्परिक नाताले ओेतपराेत रहेकाे उपस्थित वक्ताहरुकाे भनाई थियाे ।
भारतीय दुतावासद्वारा आयाेजना गरिने सांस्कृतिक कार्यक्रमहरु दुवै देशकाे सम्बन्धलाई विश्वसामु प्रस्तुतमात्र गर्दैन
हाम्राे लुम्बिनी प्रदेशकाे सांस्कृतिक , सामाजिक एवं आर्थिक समृद्धिकाे लागि पनि त्यतिकै महत्वपुर्ण भुमिका खेल्ने प्रदेश गृहमन्त्री संताेष पाण्डेयले विश्वास व्यक्त गर्नुभएकाे थियाे ।

लुम्बिनीमा आयाेजित सांस्कृतिक कार्यक्रमकाे शुभारम्भ सिंगापुर माेनेस्ट्रीका बाैद्ध भीक्षुले दीप प्रज्वलन गरि शुरुआत गरेका थिए । मुख्य अतिथि लुम्बिनी प्रदेशका गृहमन्त्री संताेष पाण्डेय , अतिथि पुर्वमन्त्री देवेन्द्रराज कंडेल , सभासद अभिषेक प्रताप शाह , विभिन्न पालिकाका नगरप्रमुख ,उपप्रमुख , गाेरखा सैनिकका परिवार सदस्य लगायत नेपाल-भारत मैत्री संघका पदाधिकारी एवं विशेष व्यक्तित्व तथा दुतावासका कर्मचारी र लुम्बिनी बिकास काेषका प्रतिनिधिहरुकाे उपस्थित थियाे ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares