Thursday, May 21
Shadow

ब्यानर समाचार 2

साहित्यकार तथा कवि वैरागी काँइलाको लेखन यात्रा र व्यक्तित्व बारेमा विशेष परिचर्चा

साहित्यकार तथा कवि वैरागी काँइलाको लेखन यात्रा र व्यक्तित्व बारेमा विशेष परिचर्चा

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ । नेपाली लेखक संघ काठमाडौँले साहित्यकार तथा कवि वैरागी काँइलाको लेखन यात्रा र व्यक्तित्व बारेमा विशेष परिचर्चा कार्यक्रम गर्ने भएको छ । माघ २७ गते शनिवार काठमाडौँको धुम्बराही हुने विशेष कार्यक्रम साहित्यकार तथा कवि वैरागी काँइलाकै उपस्थितिमा हुन लागेको नेपाली लेखक संघ काठमाडोँले बताएका छ । धुम्बराही मण्डिखाटारस्थित गेट कलेजको सभाहलमा शनिवार दिनको १ बजे हुन लागेको कार्यक्रममा साहित्यकार समालोक प्रा.डा. अभि सुवेदी तथा साहित्यकार तथा समालोचक ज्ञानु अधिकारीले स्रष्टा वैरागी काँइलाका बारे परिचर्चा गर्ने नेपाली लेखक संघ काठमाडौँद्वारा वितरित निमन्त्रणा पत्रमा  बताइएको छ ।...
कांग्रेसद्वारा बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त

कांग्रेसद्वारा बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ, २३ माघ : नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज विहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वसामान्य प्रशासनमन्त्री बुढाथोकीकाे निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो । बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा गएराति निधन भएको थियो । विसं २००१ असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मनुभएका स्व बुढाथोकीले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ । बुढाथोकीको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने र उहाँको निधनबाट कांग्रेस मर्माहत र स्तब्ध भएको बताइएको ...
राष्ट्र बैंक भन्छ सकारात्मक लयमा आर्थिक र वित्तीय सूचक, मूल्यवृद्धि वाञ्छित सीमाभित्र कायम

राष्ट्र बैंक भन्छ सकारात्मक लयमा आर्थिक र वित्तीय सूचक, मूल्यवृद्धि वाञ्छित सीमाभित्र कायम

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ, २३ माघ : चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सुरुआती छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक तथा वित्तीय सूचकले सुधारको लय समातेको देखिएको हो । गत पुस महिनासम्ममा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेर रु सात खर्ब ३३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव ३ प्रतिशतले बढेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख सात हजार नौ सय ७० र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय ३५ रहेको छ । यो अवधिसम्ममा शोधनान्तर स्थिति रु दुई खर्ब ७३ अर्ब ५२ करोडले बच...
विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ, २३ माघ : चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ । गत असार मसान्तसम्ममा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्त सम्ममा रु १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो । योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो देखिएको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकामा पुस मसान्तमा १८ दशमलव नौ प्रतिशतले वृद्धि ...
चार किलो बढी लागु औषध चरेस सहित एक महिला पक्राउ

चार किलो बढी लागु औषध चरेस सहित एक महिला पक्राउ

ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु ,माघ २१ जिल्ला प्रहरी कपिलवस्तु मताहत रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले ४ किलो ६ सय ४६ ग्राम लागु औषध चरेस सहित एक महिला पक्राउ गरेको छ । माघ २० गते ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलिले कृष्णनगर बजारबाट प्युठान जिल्लाको गौमुखी गाउपालिका वडा नं ३ बस्ने ३८ बर्षीया बासु घर्ती मगरलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । उक्त लागु औषध रुकुम पुर्वबाट भारत तर्फ लैजादै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीको टोलिले चेकजाँच गर्ने क्रममा महिलालाई ४ किलो ६ सय ४६ ग्राम लागु औषध चरेस सहित कृष्णनगर बजारबाट पक्राउ गरिएको छ । प्रहरी टोलिले शंका लागेपछि भारत तर्फ जाँदै गरेकी महिलाले बोकेको झोला चेकजाँच गर्दा प्लास्टिकमा पोको पारेर राखेको (९ नौ) पोका चरेस बरामद गरिएको थियो । घटना बारे थप अनुसन्धान इलाका ...
टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी र तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनको संयुक्त हस्ताक्षर

टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी र तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनको संयुक्त हस्ताक्षर

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - श्री कृष्ण बरुणेश्वर महादेव मन्दिर टोखा नगरपालिका वडा नम्बर - १, मन्दिर परिसर निर्माणका लागि आयोजनामा कार्यान्वयन गर्न सहमती पत्र (M.O.U.) मा टोखा नगरपालिका नगर प्रमुख श्री प्रकाश अधिकारी र तारकेश्वर नगरपालिका का नगर प्रमुख श्री कृष्णहरि महर्जनको संयुक्त हस्ताक्षर कार्यक्रममा टोखा नगरपालिका का नगर उप- प्रमुख श्री मुरारी तामाङ, तारकेश्वर नगरपालिका का नगर उप प्रमुख श्री सृजना बुर्लाकोटी, टोखा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत श्री शेर बहादुर बि सी (बागचन्द), टोखा न.पा.- १ का वडा अध्यक्ष रमेशकुमार लामिछाने तथा तारकेश्वर नगरपालिका का विभिन्न वडाका जनप्रतिनिधिहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधि ज्यूहरु, राष्ट्रिय सेवक कर्मचारीहरु, वौंडेश्वर संरक्षण समितिका अध्यक्ष बद्री प्रसाद अधिकारी , उपाध्यक्ष किशोर अधिकारी लगाएतका पदाधिकारी सदस्यहरु , महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका...
रास्ट्रिय फाेटाे पत्रकार समूह, नेपाल नुवाकोट शाखाकाे अध्यक्षमा दिपेस न्याैपाने

रास्ट्रिय फाेटाे पत्रकार समूह, नेपाल नुवाकोट शाखाकाे अध्यक्षमा दिपेस न्याैपाने

ब्यानर समाचार 2, मुख्य समाचार
नुवाकोट- रास्ट्रिय फाेटाे पत्रकार समूह, नेपाल नुवाकोट शाखाकाे अध्यक्षमा दिपेस न्याैपाने चयन भएका छन । ककनी गाउपालिकाको रानिपौवामा भएको दोस्रो जिल्ला भेलाले न्याैपानेको नेतृत्वमा कार्यसमिती चयन गरेको हो । एनफपिजे नुवाकोटका कार्यवाहक अध्यक्ष हरिराम भेटवालको सभापतित्वमा भएको दोस्रो जिल्ला भेलाको प्रमुख अतिथि ककनी गाउपालिकाका अध्यक्ष सुमन तामाङ, विशेष अतिथि एनफपिजे केन्द्रिय अध्यक्ष प्रदिप राज वन्त, वागमती प्रदेश अध्यक्ष नारायण सिलवाल, वागमती प्रदेश उपाध्यक्ष राजेन्द्र गजुरेल लगायतका फोटो पत्रकारहरुको उपस्थिती रहेको थियोे । भेलाले उपाध्यक्षमा हरिराम भेटवाल, सचीवमा संजय मुडभरी, काेषाध्यक्षमा रमित बलामी, सदस्यमा किसोर वलि लाई चयन गरेको छ भने अन्य २ सदस्य कार्यसमितिले चयन गर्ने छ ।...
ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाख भन्दा बढी राजस्व उठायो

ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाख भन्दा बढी राजस्व उठायो

ब्यानर समाचार 2, मुख्य समाचार
-  अजय मिश्र , कृष्णनगर , माघ १३ जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु मातहत रहेको ट्राफिक कार्यालय कृष्णनगरले दुर्घटना न्यूनीकरण गर्न हरेक सम्भव प्रयास गर्दै आएको छ। ट्राफिक कार्यालय कृष्णनगरका प्रहरी सहायक निरिक्षक युवराज बसौलाको कमाण्डमा बेला बेलामा ट्राफिक सचेतना कार्यक्रम लिएर विद्यालयमा जाने गरेको तथा छड्के चेकिंग गरि हेल्मेट नलगाउने कागजपत्र साथमा न राख्ने लगायत सवारी नियम उलंघन गर्ने व्यक्ति लाई सचेत गरिनुका साथै कार्वाही समेत गर्दै आएको छ। ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्ष २०८०/८१ मा हाल सम्म छपन्न लाख भन्दा बढी राजस्व उठाउन सफल भएको छ। सवारी नियम उलंघन गरेका पांच हजार चार सय (५,४००/-) सवारी साधन बाट उक्त राजस्व संकलन भएको ट्राफिक कार्यालय कृष्णनगरका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक अशोक कुमार खड्काले जानकारी दिनुभयो। चालु आर्थिक बर्षमा सवारी साधन हरूले ट्रा...
महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न

महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न

ब्यानर समाचार 2, मुख्य समाचार
-  अजय मिश्र  कृष्णनगर, माघ १२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर स्वास्थ्य चौकीको हालमा महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम आज समापन भएको छ। कार्यक्रममा बाल विवाह बिरूद्ध कानूनी प्रावधान, महिला हिंसा तथा घरेलु हिंसा भएमा कानूनी प्रावधान , भ्रूण पहिचान विरूद्ध कानूनी प्रावधान, मुलुकी ऐन, तथा हिंसा भएमा कहाँ र कहिले उजुरी दिने जस्ता कुरामा सहभागी महिला लाई ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी बरिष्ठ नायब निरिक्षक ऋषि पछाईले सहजीकरण गरेका थिए। संविधानमा महिला सम्बंधि हक, न्यायिक समितिको काम कर्तव्य अधिकार, वहु विवाह, दाइजो प्रथाले समाजमा पारेको प्रभाव लगायतका बिषयको बारेमा कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले सहजीकरण गर्नुभयो। तालिममा सहभागी हरूले महिलाको हक अधिकार सम्बंधि कानूनको बारेमा विस्तृत जानकारी दिएकोमा हार्दिक आभार ...
कृष्णनगरमा निशुल्क स्वास्थ्य सिविर बाट हजार बढी लाभान्वित

कृष्णनगरमा निशुल्क स्वास्थ्य सिविर बाट हजार बढी लाभान्वित

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कृष्णनगर, माघ ११ नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा कृष्णनगर नगरपालिका, ईलाका प्रहरी कृष्णनगर, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समान्वयमा कृष्णनगर नगरपालिका वडा नं १२ राष्ट्रीय आधारभूत विद्यालय हृदयनगरमा संचालन भएको निशुल्क स्वास्थ्य शिविर बाट एक हजार तीन जना सेवा ग्राही लाभान्वित भएका छन्। सेवा ग्राही हरु हाडजोर्नी ,छाला तथा यौन ,मुटु (ईसिजी सेवा ), प्रसुती रोग, नाक कान घाँटी,सामान्य चिकित्सा लगायत सम्बंधित चिकित्सकहरु द्वारा आवश्यक परामर्श तथा चेकजाच गराएका थिए भने आवश्यक औषधि निशुल्क रूपमा वितरण गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक लक्ष्मण ओलीले जानकारी दिए। निशुल्क स्वास्थ्य शिविर आज १० बजे देखि संचालन गरिएको तथा सेवा ग्राही हरूको भिडभाड समेत रहेको जस्मा युनिवर्सल मेडिकल कालेज भैरहवाका डाक्टरहरू तथा कृष्णनगर नगरपालिकाका स्वास्थ्यकर्मी हरू ...