Tuesday, September 1
Shadow

ब्यानर समाचार 2

मुस्लिम महिला हरू द्वारा आईशा गर्लस कालेजको अवलोकन भ्रमण

मुस्लिम महिला हरू द्वारा आईशा गर्लस कालेजको अवलोकन भ्रमण

ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, साउन १२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको आईशा सिद्धकी गर्लस कालेजको मदरसाको रूपन्देही जिल्लाको सियारी गाँउपालिकाका मुस्लिम महिला हरू द्वारा अवलोकन भ्रमण गरिएको छ । सो मदरसामा रहेको छात्रावास, सिलाई कटाई कक्ष, कम्प्यूटर कक्ष, कक्षा कोठा, नुमाइश कक्ष लगायतको अवलोकन गरिएको छ। सो अवलोकन भ्रमणका क्रमममा एक कार्यक्रम गरि सो मदरसाले आएका सम्पूर्ण लाई सम्मान कार्यक्रम राखेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अकिल मियाले सियारी गाँउपालिकाले मुस्लिम महिला हरू लाई गराएको अवलोकन भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्दै सबै व्यक्तिको शिक्षामा पहुच पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा बोल्दै पूर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खांले मुस्लिम धर्ममा शिक्षा लाई अनिवार्य तथा निशुल्क गरेको भए पनि हालको स्थितमा मुस्लिम हरूको शिक्ष...
वचन साकोस द्वारा ललितपुरको भैंसेपाटी स्थित श्रीकुल विद्यालयमा एक दिने शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न

वचन साकोस द्वारा ललितपुरको भैंसेपाटी स्थित श्रीकुल विद्यालयमा एक दिने शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, समाचार
ललितपुर, नेपाल (काठमाडौँ महानगरपालिका वडा नं ३०) स्थित डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि। को लघुवित्त (सूक्ष्म) उप-समितिको पहलमा २६ असार २०८१ मा ललितपुरको भैंसेपाटी स्थित श्रीकुल विद्यालयमा एक दिने शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम सूक्ष्म वित्त परियोजना २०८१ अन्तर्गत आयोजना गरिएको थियो ।विद्यार्थीहरूलाई सहकारी शिक्षा र बाल बचतमा प्रोत्साहित गर्ने उद्देश्यराखिएको थियो। संस्थाका अध्यक्ष श्री मुकुन्दराज खनालको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो र उहाँले शिक्षकहरूलाई वचन साकोसका सदस्य बन्न र बचत गर्न आग्रह गर्नु भयो। अध्यक्ष खनालले भने, शिक्षण पेशामा रहँदा सहकारीसँग सम्बन्धित भएर वित्तीय समस्याहरू समाधान गर्न सजिलो भएको छ। उहाँले सहकारीको वृद्धिलाई उल्लेख गर्दै वित्तीय वर्ष २०७९ र ०८० मा २६८ मिलियन रहेको संस्थाको ब्यालेन्स सीट वित्तीय यस आ.व ...
कुञ्चिप्वाकल माविले SEE २०८० बिदाइ कार्यक्रम सम्पन्न गरेकाे छ

कुञ्चिप्वाकल माविले SEE २०८० बिदाइ कार्यक्रम सम्पन्न गरेकाे छ

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - तारकेश्वर नगरपालिकाकाे वडा नं १ मा रहेकाे कुञ्चिप्वाकल माविले आफ्ना २०८० का SEE मा उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच बिदाई गरेकाे छ । सतप्रतिशत नतिजा हाँसिल गर्न सफल उक्त विद्यालय तारकेश्वरकाे सतप्रतिशत नतिजा लेराउने एक मात्रै सामुदायिक विद्यालय हाे । उक्त कार्यक्रमका सभापति एवं वडाध्यक्ष बिदुर सापकाेटाले उत्तीर्ण विद्यार्थी तथा अध्यापन गराउने शिक्षकहरुलाई सम्मान गर्नु भएकाे थियाे । उक्त अवसरमा स्थायी नियुक्ति लिएर गाेरखा सरुवा हुनुभएका शिक्षक खेमराज उपाध्यायलाई बिदाइ र सम्मान गरिएकाे थियाे ।...
कृष्णनगरमा  मनाइयो मोहर्रम पर्व

कृष्णनगरमा  मनाइयो मोहर्रम पर्व

ब्यानर समाचार 2, समाचार
  कृष्णनगर, कपिलवस्तु, साउन २ मुस्लिम धर्माबलम्बिको प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाती शहिद हजरत हुसैनको सम्झनामा कृष्णनगरको लक्ष्मी नगरको कर्बलामा मोहर्रम पर्व मनाइन्छ । इराकको राजधानी बगदाद भन्दाको करबला भन्ने ठाँउमा  यजीदी फौजसँगको धर्मयुद्धमा सहादत प्राप्त गरेका हुसैनको सम्झनामा यो पर्व मनाइने गरिन्छ । कृष्णनगरमा पनि ताजिया बनाई मोहर्रम पर्व मनाइएको हो । नेपाललगायत दक्षिण एशियाली मुलुकहरुमा विशेष महत्वका साथ मनाईन्छ । मुस्लिमहरु मात्रै मनाउदै आएको यो पर्व पछिल्लो समय हिन्दु धर्मवलम्बीहरुले पनि मनाउने गरेका छन । ताजिया प्रति आस्था बढ्दै गएपछि, मागेको भाकल पुरा हुने भएपछि हिन्दु समुदायले पनि ताजिया बनाउने गरेका छन । ईस्लामीक धर्मको नयां बर्षका दिन देखी सुरु हुने मोहर्रमका १० दिन सम्म नै फरक फरक तरीकाले पर्व मनाउने गर्दछन् । मोहर्रमको १० तारिखलाई महान दिन असुरा पनि ...
वचन साकोस द्वारा विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई लघुवित्त अन्तर्गत सहकारी शिक्षा तथा त्यसको महत्व वारे छलफल

वचन साकोस द्वारा विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई लघुवित्त अन्तर्गत सहकारी शिक्षा तथा त्यसको महत्व वारे छलफल

ब्यानर समाचार 2, समाचार
काठमाडौं महानगरपालिका–३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को लघुवित्त (शुष्म) उप–समितिको आयोजनामा १ दिवसीय लघुवित्त (शुष्म) परियोजना अन्तर्गत सहकारी शिक्षा तथा लघुवित्त बारे कार्यक्रम धोविघाट, ललितपुर स्थित मञ्जुश्री इङ्गलिस बोर्डिङ्ग स्कुलमा २०८१ असार २६ गते सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता वचन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री मुकुन्दराज खनालज्यूले विद्यालयमा आवद्व शिक्षक तथा शिक्षिकाहरु मार्फत विद्यालयमा अध्यरत छात्र छात्राहरुलाई सहकारी शिक्षा प्रदान गर्दै बाल वचत गर्ने पे्ररणा जागरण गर्दै लैजानुका साथै शिक्षक शिक्षिकाहरु सबैलाई भई सहकारी नियम भित्र रहि बचत गर्न अनुरोध गर्नु भयो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत डा.देशमर्दन बस्न्यातज्यूले सहकारी जगतमा यस सहकारी संस्थाले आफ्नै शेयर सदस्यहरुबाट आर्थिक श्रोत जुटाई ९ प्रत...
परिवर्तन अभियान नेपालद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान

परिवर्तन अभियान नेपालद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान

ब्यानर समाचार 2, समाचार
काठमाडौँ । परिवर्तन अभियान नेपालले शुक्रबार राजधानीको तारकेश्वर नगरपालिकाबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट विद्यार्थीहरूलाई सम्मान गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए । उनका अनुसार तारकेश्वरबाट ४ जीपीए ल्याएर ६ जना उत्तीर्ण भएका छन् । उनीहरूलाई प्रमाणपत्रसहित सम्मानित गरिएको भट्टले जानकारी दिए । यस्तै सोही कार्यक्रमबाट नगरपालिकाका उपस्थित अन्य एसईई विद्यार्थीमा सफललाई पनि बधाईसहित प्रमाणपत्र प्रदान गरिएको थियो । २०८० को एसईईमा तारकेश्वरबाट सरकारीबाट ५२९ र निजीबाट ११७७ जना विद्यार्थी उत्तीर्ण भएका थिए । उनीहरु सबैलाई सम्बन्धित विद्यालयमार्फत परिवर्तन अभियान नेपालले प्रमाणपत्र हस्तान्तरण गर्ने भट्टले जानकारी दिए । यस्तै अभियानले विद्यालयहरुलाई पनि सोही अवसरमा सम...
कुञ्चिप्वाकल माविकाे नतिजा सतप्रतिशत

कुञ्चिप्वाकल माविकाे नतिजा सतप्रतिशत

ब्यानर समाचार 2, शिक्षा
काठमाडौ - हिजाे असार १३ गते राष्ट्रिय परीक्षा बाेर्डले प्रकाशन गरेकाे शैक्षिक वर्ष २०८० काे माध्यमिक शिक्षा परीक्षा(SEE) काे नतिजामा तारकेश्वर नगरपालिका वडा नं १ मा रहेकाे कुञ्चिप्वाकल माविकाे नतिजा सतप्रतिशत रहेकाे छ । जम्मा १० जना परीक्षार्थी सहभागी गराएकाे उक्त विद्यालयका सबै विद्यार्थी उत्तीर्ण भएका छन् । उत्कृष्ट GPA 3.66 सहित आठ जना विद्यार्थीकाे GPA ३ भन्दा माथि रहेकाे छ । गत वर्ष 3.28 औसत GPA सहित काठमाडौं जिल्लाकै तेस्राे रहेकाे उक्त विद्यालयकाे यश वर्षकाे औसत GPA 3.19 रहेकाे छ भने प्राप्त नतिजालाई प्रतिशतका आधारमा विश्लेषण गर्दा तारकेश्वरकाे पहिलाे स्थानमा रहेकाे प्रारम्भिक आकडा रहेकाे छ ।...
मानसिक स्वास्थ्य सेवा तथा योग ध्यान दुई दिने कार्यक्रम कृष्णनगरमा समपन्न

मानसिक स्वास्थ्य सेवा तथा योग ध्यान दुई दिने कार्यक्रम कृष्णनगरमा समपन्न

ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, अषाढ ३ कपिलवस्तु आयुर्वेद स्वस्थ केंद्रको आयोजना तथा नागरिक आरोग्य सेवा केंद्र कृष्णनगरको समन्वयमा कृष्णनगर् नगर पालिका अंतर्गत राम जानकी मन्दिरमा दुई दिवसीय मानसिक स्वस्थ सेवा तथा योग ध्यान कर्यक्रम समपन्न भएको छ। वार्ड नं २ को वडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा तथा विभिन्न वार्डका जन प्रतिनिधि, नागरिक अभियंता , तथा समाज सेवी बुद्धिजीवी र शिक्षक लगायतको उपस्थितिमा योगाभ्यास क्रियाकलाप सहित मनोरोग नियंत्रणका लगी जीवन शैली प्ररिवर्तन लगायतका प्रशिक्षण लुंबिनी आयुर्वेदका चिकित्सक डॉ प्रवेश श्रीवास्तव , कपिल वस्तु आयुर्वेद का प्रमुख डॉ नलिन नाथ तिवारी, डॉ आशीष चौधरी बरिष्ठ कबीराज हरीलाल उपाध्याय नागरिक आरोग्य सेवा केंद्र का कबीराज डॉ नागेश्वर मिश्र लगायतले मनोरोग लगायत दीर्घ कालीन न सर्ने रोगको अवस्था नियंत्रणको उपाय स्वस्थ जीवन शैली दिनचर्या तथा योग ध्यान सत्कर्म संत...
उपाध्यक्ष मशहूद तथा अल्कूफीले दिए बकर ईदको शुभकामना

उपाध्यक्ष मशहूद तथा अल्कूफीले दिए बकर ईदको शुभकामना

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु , अषाढ २ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले स्लाम धर्मावलम्वीहरुको ठुलो पर्व बकर ईद (इद–उल–जोहा) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना दिएका छन् । शुभकामना सन्देश दिँदै खाले  नेपाल बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताउनुभएको छ । अल्कूफीले शुभकामना संदेश दिदै बताएकी बहु धर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।  लामो सङ्घर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै समाजका विविध क्षेत्रमा उठेका मागहरूको सम्बोधन तथा नयाँपनलाई समेत अवलम्...
शैक्षिक गुणस्तर बढाउन हरेक सम्भव प्रयास गरिने:- नगर प्रमुख शाह, कृष्णनगर नगरपालिका

शैक्षिक गुणस्तर बढाउन हरेक सम्भव प्रयास गरिने:- नगर प्रमुख शाह, कृष्णनगर नगरपालिका

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, अषाढ २ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति (०-१२) माध्यमिक विद्यालय सौनहवामा एक कार्यक्रमका बिच ६ कोठे भवनको नगर प्रमुख रजत प्रताप शाह द्वारा समुद्घाटन गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर शाहले नगर भित्रका विद्यालयको शैक्षिक गुणस्तरमा सबै सरोकारवाला ले ध्यान दिनुपर्ने बताउदै आफू तथा नगरपालिका बाट शैक्षिक गुणस्तर बढाउन हरेक सम्भव प्रयास गरिने बताए। कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृ खेमराज देवकोटाले नगर भित्रका विद्यालयको भौतिक, शैक्षिक अवस्था सुधार गर्न हरेक व्यक्तिले आ आफ्नो स्तर बाट पहल गर्नु पर्ने बताए। समुद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष हरिपाल चतुर्वेदीले यो स्कूल निर्माण गर्न हाम्रा पूर्खा हरूको ठूलो योगदान रहेको तथा यस विद्यालयको आफू सधैं उन्नति र प्रगतिमा हातेमालो गर्दै आएको बताए। ...