Wednesday, September 18
Shadow

कृष्णनगर इलाका प्रहरी कार्यालय द्वारा ६ लाख बराबरको अबैध कपडा बरामद


  • -इ
  • इ+

अजय मिश्र कृष्णनगर, साउन २७

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बैंक रोड बाट ईलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा खटिएको गस्ती टोलीले छ लाख मूल्य पर्ने अबैध कपडा बरामद गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभयो ।

भन्सार छली गरि ल्याएको कपडा वेवारिसे अवस्था मा रहेको लेडीज सुट १७७ पीस, साडी ८१ पिस, थानका कपडा ६३ थान, टावेल ८ थान रहेको र उक्त माल वस्तुको अन्दाजी मूल्य छ लाख राखेर आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार पठाइएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares