Wednesday, July 9
Shadow

नेता कृष्णप्रसाद सिटौला द्वारा कांग्रेस र एमाले मिलेर संविधानको सफल कार्यान्वयन गर्ने विश्वास व्यक्त


  • -इ
  • इ+

काठमाडौ – मंगलबार परिवर्तन अभियान नेपालको प्रथम वार्षिक उत्सवका अवसरमा कामनपा–१६ स्थित नयाँबजार मल्टि भेन्यूमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस एमाले मिलेर संविधानको सफल कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । उनले कांग्रेस एमालेको नयाँ समीकरणले मुलुकलाई स्थायित्व दिने भन्दै सरकारमाथि शंका नगर्न आग्रह गरे ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्णसबुज बानियाँले काठमाडौं राजनीतिको क्रिडास्थल भएको टिप्पणी गरे । गणेशमान सिंहले हातमा आएको प्रधानमन्त्री पद स्वीकार नगरेपछि काठमाडौं पछि परेको बताए ।

परिवर्तन अभियान नेपालका अध्यक्ष सुशिल भट्टले अहिलेको युवाहरु दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् ।

उक्त कार्यक्रमलाई कांग्रेस नेतृ सिर्जना सिंह, तार्केस्बर नगरपालिका उपप्रमुख सिर्जना बुर्लाकोटी , काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष समेत रहेका नेता ख्यामप्रसाद तिवारी ,सबिन तामाङ लगायत नेताहरुले सम्बोधन गरेका थिए ।

सो कार्यक्रममा विभिन्न चर्चित कलाकार सुगम पोख्रेल , प्रकास कट्बालले सांगीतिक प्रस्तुती समेत दिएका थिए । साथै सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरु केपि खनाल , अर्मित तिबारी, यादब खनाल , अनुप रोसन स्थापित , लाई सम्मान समेत गरिएको थियो ।

परिवर्तन अभियान नेपालले यसअघि काठमाडौंका विभिन्न स्थानमा विविध किसिमका सामाजिक कामहरु गर्दै आइरहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares