Monday, September 16
Shadow

नेपाल केमिकल तथा हर्वल उद्योग संघ नेपालकाे दाेस्राे बार्षिक साधारणसभा सम्पन्न


  • -इ
  • इ+


काठमाडौ – नेपाल केमिकल तथा हर्वल उद्योग संघ नेपालकाे दाेस्राे बार्षिक साधारणसभा नयाँबजारको सम्राट पार्टी प्यालेसमा सम्पन्न भयो । कार्यक्रमकाे उद्घाटन बागमती प्रदेसको सामाजिक बिकास मन्त्री हरिप्रभा खड्गीले गर्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व नेपाल केमिकल तथा हर्वल उद्योग संका केन्द्रीय अध्यक्ष विनाेद देवकोटा ले गर्नुभएको थियो । उक्त कार्यक्रममा विशेष अतिथिहरू तारकेश्वर नगरपालिका वडा ८ वडा अध्यक्ष स्यामकृष्ण सापकोटा ,नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मलहाेत्रा , अतिथिहरू उद्योग बाणिज्यसंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गा राज श्रेष्ठ , समाजसेवी तथा राजनीतिकर्मी बिष्णुभक्त तिमिल्सिना , नेपाल ग्यास व्याबसायी संघका अध्यक्ष चन्द्र बहादुर थापा, ट्रेड युनियन कांग्रेसका महासमहासंघका महासचिव सानुभाई सापकोटा , उपभोक्ता मंचका केन्द्रीय अध्यक्ष माधव तिमिल्सिना सिप्रदि ट्रेडिङ प्रालि का प्रबन्धक प्रवल श्रेष्ठ , तारकेश्वर ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तथा समाजसेवी काेपिला देवकोटा लगाएत विभिन्न संस्थाका महानुभावहरूकाे उपस्थिति रहेकाे थियोे ।
नेपाल केमिकल तथा हर्वल उद्योग संघका सचिव दिपक श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियाे भने कार्यक्रमकाे बिषय माथि प्रस्ट पार्नुहुँदै काेषाध्यक्ष प्रमाेद कुमार शाहले भन्नुभयो हामीलाई राज्यले हेर्ने दृष्टिकोण फरक रहेकाे र याे संस्थाले व्यावसायिहरूकाे हितमा रहेकाे कुरा जानकारि दिनुभयाे ।
कार्यक्रमा अतिथि चन्द्र बहादुर थापा ,उद्योग बाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गालाल श्रेष्ठ चेम्बर अफ कमर्सका बरिस्ठ उपाध्यक्ष दिपक मलहाेत्राले मन्तव्य राख्नुभएको थियाे ।
कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री हरि प्रभा खड्गीले नेपाल केमिकल तथा हर्वल उद्योग संघकाे व्यासायिक डायरी बिमाेचनकाे गर्नुहुदै मन्तव्यको क्रममा मैले मेराे तर्फबाट हुने सहयोग हुनुका साथै सकेसम्म आफ्नो नेपाली उत्पादनलाई बढावा दिनुकाे लागि मैले पहल गर्नेछु । नेपाल र नेपालीहरुले उत्पादन गर्ने सामाग्री देश विदेशमा बिक्रीबितरणमा सहजिकरण गर्ने कुरामा म र मेराे सरकार लाग्ने कुरा बताउनु भयाे । कार्यक्रममा विभिन्न महानुभानहरूलाई सम्मान तथा मायाकाे चिनाे प्रदान गरिएकाे थिायाे ।
कार्यक्रमका सभापति एंब अध्यक्ष बिनाेद देवकोटाले भन्नुभयो संघलाइ यहाँसम्म ल्याउन सहयोग पुर्याउनुहुने सबैलाई धन्यबाद दिदै यस संघमा आवद्ध संस्थाका सदस्यहरूकाे हक हित र अधिकारकाे लागि जुनसुकै मूल्य चुकाउनु परेपनि पछि हट्ने छैन मेराे तन ,मन धन याे संस्थाकाे हक काे लागि रहनेछ र व्यावसायिहरूलाई परेकाे कठिनाईलाई सहजीकरण गर्दै अगाडि बड्ने कुरा बताउनुभयो ।
साधारणसभाले बिनाेद देवकोटाकाे अध्यक्षतामा नाैं( ९) सदस्यीय कार्यसमिति निर्वाचित गरेकाे थियाे।

फोटो/समाचार श्रोत – सानुकाजि थापा

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares