वचन साकोस द्वारा विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई लघुवित्त अन्तर्गत सहकारी शिक्षा तथा त्यसको महत्व वारे छलफल
काठमाडौं महानगरपालिका–३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को लघुवित्त (शुष्म) उप–समितिको आयोजनामा १ दिवसीय लघुवित्त (शुष्म) परियोजना अन्तर्गत सहकारी शिक्षा तथा लघुवित्त बारे कार्यक्रम धोविघाट, ललितपुर स्थित मञ्जुश्री इङ्गलिस बोर्डिङ्ग स्कुलमा २०८१ असार २६ गते सम्पन्न भयो ।
कार्यक्रमको अध्यक्षता वचन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री मुकुन्दराज खनालज्यूले विद्यालयमा आवद्व शिक्षक तथा शिक्षिकाहरु मार्फत विद्यालयमा अध्यरत छात्र छात्राहरुलाई सहकारी शिक्षा प्रदान गर्दै बाल वचत गर्ने पे्ररणा जागरण गर्दै लैजानुका साथै शिक्षक शिक्षिकाहरु सबैलाई भई सहकारी नियम भित्र रहि बचत गर्न अनुरोध गर्नु भयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत डा.देशमर्दन बस्न्यातज्यूले सहकारी जगतमा यस सहकारी संस्थाले आफ्नै शेयर सदस्यहरुबाट आर्थिक श्रोत जुटाई ९ प्रत...









