कृष्णनगरमा मनाइयो मोहर्रम पर्व
कृष्णनगर, कपिलवस्तु, साउन २
मुस्लिम धर्माबलम्बिको प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाती शहिद हजरत हुसैनको सम्झनामा कृष्णनगरको लक्ष्मी नगरको कर्बलामा मोहर्रम पर्व मनाइन्छ । इराकको राजधानी बगदाद भन्दाको करबला भन्ने ठाँउमा यजीदी फौजसँगको धर्मयुद्धमा सहादत प्राप्त गरेका हुसैनको सम्झनामा यो पर्व मनाइने गरिन्छ । कृष्णनगरमा पनि ताजिया बनाई मोहर्रम पर्व मनाइएको हो ।
नेपाललगायत दक्षिण एशियाली मुलुकहरुमा विशेष महत्वका साथ मनाईन्छ । मुस्लिमहरु मात्रै मनाउदै आएको यो पर्व पछिल्लो समय हिन्दु धर्मवलम्बीहरुले पनि मनाउने गरेका छन । ताजिया प्रति आस्था बढ्दै गएपछि, मागेको भाकल पुरा हुने भएपछि हिन्दु समुदायले पनि ताजिया बनाउने गरेका छन ।
ईस्लामीक धर्मको नयां बर्षका दिन देखी सुरु हुने मोहर्रमका १० दिन सम्म नै फरक फरक तरीकाले पर्व मनाउने गर्दछन् । मोहर्रमको १० तारिखलाई महान दिन असुरा पनि ...









