Tuesday, May 5
Shadow

आर्थिक

खाडीका ति श्रमिकहरुलाई हृदयदेखी नै सलाम

खाडीका ति श्रमिकहरुलाई हृदयदेखी नै सलाम

आर्थिक, ब्यानर समाचार, विचार, समाज
शरद रिजाल/काठमाण्डौँ, जेठ ६ नेपालमा कोरोना महामारीले अक्सिजनको अभाबमा थुप्रै नेपालीले ज्यान गुमाउनु परेको कारुणीक दृश्यले कस्को मन नदुख्ला र ? अझ प्रदेशी मुलुकमा श्रम गर्न गएका नेपाली दाजुभाईहरुले आफ्नो देशको यो भाबबिह्बल अबस्थाले प्रदेशको त्यो बिरानो भुमीमा स्वदेशप्रतिको आगाध मायाले केही गरौ भन्ने मनोभाबनाले उद्देलीत हुदै आफ्नो मेहनतको कमाई संकलन गर्दे नेपालमा ५६०थान अक्सिजन सिलीण्डर पठाएकाछन। नेपालमा आफ्नो रोजी रोटी नचलेर बिदेशी भुमीमा श्रम गर्न बाध्य नेपालीले संकटको बेलामा आफनो गास काटेर अक्सिजन सिलीण्डर नेपाल पठाउनु मातृभुमीप्रतिको आगाध माया र देशप्रतिको उत्तरदायीत्व हो मानिस आफ्नो घर गृह्स्थ नचल्ने अबस्था भयो भने न बिदेशीन्छ । घर परीवार र देश छोड्दै पैसाको लागी बिदेशीनुपर्ने नेपालीको अहिलेको बाध्यता होईन परापुर्बकालमा हाम्रा पुर्खाहरु भारत हुदै बर्मा गएका ईतिहास हाम्रो सामु छ । जत...
आयोजनाको नाममा नदि दोहन

आयोजनाको नाममा नदि दोहन

अपराध, आर्थिक, ब्यानर समाचार, स्थानिय तह
काठमाण्डौँ, वैशाख २५ नुवाकोटको बेलकोटगढि नगरपालिकामा निर्माणाधिन लोक संचार मार्ग (जिलिङ सिमखेत केउरेनी कुमरी झ्याङ्ली पोखरी धार्के सडक खण्ड) निर्माण आयोजनाको नाममा तादी नदि दोहोन सुरु भएको छ । स्वच्छन्द/वल्डवाइड/अमृत जे.भी. बालाजु १६ काठमाण्डौँले निर्माण जिम्मा पाएको उक्त सडक आयोजनाको लागि नगरपालिकाको २०७७ चैत्र २ गतेको निर्णय अनुसार सोहि नगरपालिकाको वडा नं १२ को घोडघाड क्षेत्रबाट आवश्यक नदीजन्य पदार्थ उत्खनन अनुमति दिएको छ । तर आयोजनाको नाम लिर्दैँ शुक्रवार तादी नदीको बिचमा नै मेसिन चलाएर नदीजन्य पदार्थ उत्खनन गरिएको हो । आयोजनाले वातावरणीय प्रभावलाई समेत ख्याल नगरी नदी किनारामा नै क्रसर संचालन गरिरहेको छ । क्रसर संचालनको लागि नदी,पुल,सामुदायिक वन, विद्यालय, समुदायबाट ३ सय देखि ५ सय मिटरको दुरिमा हुन आवश्यक रहेको छ । तर त्यहाँ त्यस किसिमको कुनै पनि मापदण्ड पुरा भएको पाईदैँन । नगर...
नयाँ बसपार्कका टिकट काउण्टर १ गते देखि बन्द हुने

नयाँ बसपार्कका टिकट काउण्टर १ गते देखि बन्द हुने

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार
काठमाण्डौँ, चैत्र ३० नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर केही दिनका लागि बन्द गर्न लागेको जानकारी दिए । नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन् । प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ । उक्त बसपार्कबाट ह...
साउन १ गतेबाट लागू हुने गरी वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

साउन १ गतेबाट लागू हुने गरी वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

आर्थिक, ब्यानर समाचार, राजनिती
काठमाण्डौँ, चैत्र १७ प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ । रिपोर्ट्स क्लबको वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री अ‍ोलीले आउँदो साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताउनुभयो । ‘सरकारले नागरिकको लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेका छन्, साउन १ गतेदखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस्’, ओलीले भन्नुभयो ।...
स्मार्ट लाइसेन्सको  छपाई कार्य बन्द !

स्मार्ट लाइसेन्सको छपाई कार्य बन्द !

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, चैत्र ११ सवारी चालक अनुमति पत्रको छपाई कार्य बन्द भएको छ । स्मार्ट कार्डको अभाव भएपछी छपाई बन्द भएको हो । ‘स्टक’मा राखिएका स्मार्ट लाईसेन्स सकिएपछी छपाई कार्य बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ । कोरोना माहामारीका कारण स्मार्टकार्डको आयात हुन नसक्दा छपाई कार्य बन्द भएको हो । माहामारीपछि बन्द भएको सवारी लाइसेन्स आवदेन गत पुस १४ गतेबाट सुरु भएको थियो । माहामारीपछि पाँच लाख सेवाग्राहीले लाइसेन्सका लागि नयाँ आवेदन दिएका छन् । विभागले फ्रान्सेली कम्पनीसँग १४ लाख स्मार्ट कार्ड उपलब्ध गराउने गरी सम्झौता गरिसकेको छ । ९० दिनसम्ममा नयाँ टेण्डर प्रक्रियाबाट स्मार्ट कार्ड ल्याउने र छपाई सुरु गर्ने विभागले जनाएको छ । विभागले छपाई सुरु भएपछि ट्रायल पास गरेको एक महिनाभित्र लाइसेन्स वितरण गर्ने योजना बनाएको छ ।...
इन्धनको मूल्य बढेसँगै हवाई भाडा वृद्धि

इन्धनको मूल्य बढेसँगै हवाई भाडा वृद्धि

आर्थिक, ब्यानर समाचार
काठमाडौँ, चैत ६ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको जानकारी दिएको छ । निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुरुप हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको सङ्घले जनाएको छ । सङ्घका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार हवाई गन्तव्यमा साविकको मूल्यमा सबैभन्दा बढी रु ९० र कम्तीमा छोटो दूरीमा रु पाँच भाडा बढेको छ । काठमाडौँ–धनगढी गन्तव्यमा रु ९०, काठमाडौँ–भद्रपुरमा रु ६० भाडा बढेको छ भने पर्वतीय उडानम...
नौ महिनामा ११ पटक बढ्यो इन्धनको भाउ

नौ महिनामा ११ पटक बढ्यो इन्धनको भाउ

आर्थिक, पत्रपत्रिका, ब्यानर समाचार 2
काठमाडौं, चैत ५ । पछिल्लो साउनदेखि हालसम्म पेट्रोल प्रतिलिटरमा १४ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ बढेको छ । अन्तराष्ट्रिय बजारमा लगातारा इन्धनको मूल्य बढ्दै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । लगातार इन्धनको मूल्य बढ्दा त्यसको असर सार्वजनिक यातायत, हवाइ इन्धनलगायत हरेक उपभोग्य वस्तुको मूलयवृद्धि आकासिन थालेको छ भने विकास आयोजनाहरुसमेत महंगिने अवस्था सिर्जना भएको छ । तर, स्वचालित मूल्य प्रणालीअन्र्तगत भाउ बढाउँदा निगमले मूल्य स्थिरिकरण कोषको उपयोग गर्न भने अनकनाइ रहेको छ । लकडाउनको बेला अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर प्रतिव्यारेल २० डलरमा झरेपछि निगमले गत वर्ष १९ चैत्रमा प्रतिलटिरमा १० रुपैयाँ मूल्य घटाएको थियो । त्यतिबेला पेट्रोल ९६ रुपैयाँ र डिजेल ८५ रुपैयाँ कायम थियो । कोरोना भाइरसको कारणले इन्धनको खपत हुँदा इन्धनको मूल्यमा गिरावट आएको थियो । त्यसप...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, कति पुग्यो अब ?

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, कति पुग्यो अब ?

आर्थिक, मुख्य समाचार
  काठमाडौं, चैत ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै काठमाडौंमा अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ । निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ । निगमले ग्यास र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने यथावत राखेको छ । यसअघि निगमले फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । त्यसअघि पनि निगमले अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएको भन्दै भाउ बढाउँदै आएको थियो । निगमले बढाएको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुने जनाइएको छ ।...
वैदेशिक रोजगारीमा जाने घटेपनि रेमिट्यान्स ११ प्रतिशतले बढ्यो

वैदेशिक रोजगारीमा जाने घटेपनि रेमिट्यान्स ११ प्रतिशतले बढ्यो

आर्थिक, मुख्य समाचार
काठमाडौँ , चैत ३ । कोरोनालगायतका कारणले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण (रेमिट्यान्स) आप्रवाह भने ११ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार चालू आवको सात महिनामा कूल रु पाँच खर्ब ६७ अर्ब ७० करोड बराबरको विप्रेषण भित्रिएको छ । बैंकका अनुसार विप्रेषण आप्रवाहमा १०.९ प्रतिशतले वृद्धि भएको पाइएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६।७ प्रतिशतले वृद्धि भई रु चार अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको सङ्ख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २१।७ प्रतिशतले...
नेपालगन्जमा अत्याधुनिक पेट्रोल पम्म निर्माण गरिने

नेपालगन्जमा अत्याधुनिक पेट्रोल पम्म निर्माण गरिने

आर्थिक, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौँ , फागुन २५ । नेपाल आयल निगमले बाँकेको नेपालगन्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो । पम्पको निर्माण भइरहेको निगमको नेपालगन्ज कार्यलयले जनाएको छ । कार्यलयका प्रमुख कमला न्यौपानेले अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण कार्य भइरहेको जानकारी दिए । करिब रु साढे तीन करोड लागतमा निर्माण हुन लागेको पम्प नेपालकै नमूूना पम्पका रुपमा रहेको छ । निगमले आफ्नै स्वामित्वको जग्गामा पहिलो पटक अटोमेशनसहित अत्याधुनिक पम्म निर्माण गर्न लागेको हो । पम्पमा दुई वटा डिजेल र ३ वटा पेट्रोलका ‘डिस्पेन्सिङ’ मेसिन राखिने छ । पम्पमा ओपनिङ स्कट, क्लोजिङ स्टक, बिक्री रेकर्ड, गुणस्तरको रेकर्ड कम्प्युटरबाटै हेर्न सकिने छ । पम्प सौर्...