Friday, March 29
Shadow

नौ महिनामा ११ पटक बढ्यो इन्धनको भाउ


  • -इ
  • इ+

काठमाडौं, चैत ५ । पछिल्लो साउनदेखि हालसम्म पेट्रोल प्रतिलिटरमा १४ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ बढेको छ । अन्तराष्ट्रिय बजारमा लगातारा इन्धनको मूल्य बढ्दै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

लगातार इन्धनको मूल्य बढ्दा त्यसको असर सार्वजनिक यातायत, हवाइ इन्धनलगायत हरेक उपभोग्य वस्तुको मूलयवृद्धि आकासिन थालेको छ भने विकास आयोजनाहरुसमेत महंगिने अवस्था सिर्जना भएको छ । तर, स्वचालित मूल्य प्रणालीअन्र्तगत भाउ बढाउँदा निगमले मूल्य स्थिरिकरण कोषको उपयोग गर्न भने अनकनाइ रहेको छ ।

लकडाउनको बेला अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर प्रतिव्यारेल २० डलरमा झरेपछि निगमले गत वर्ष १९ चैत्रमा प्रतिलटिरमा १० रुपैयाँ मूल्य घटाएको थियो । त्यतिबेला पेट्रोल ९६ रुपैयाँ र डिजेल ८५ रुपैयाँ कायम थियो । कोरोना भाइरसको कारणले इन्धनको खपत हुँदा इन्धनको मूल्यमा गिरावट आएको थियो ।

त्यसपछि क्रमिक रुपमा इन्धनको खपत बढेसँगैं मूल्य पनि बढ्न थालेको हो । गत साउनदेखि अन्तराष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढ्दै गएपछि अहिले तीन गुणाभन्दा पनि बढेर ६९७० डलर पुगेको छ । अन्तराष्ट्रिय बजारमा लगातार तेलको मूल्य बढ्दै गएपछि निगमले स्थानीय बजारमा समेत मूल्य बढाउँदै आएको छ ।

निगमका अनुसार गत साउनदेखिनै स्थानीय बजारमा इन्धनको मूल्य बढिरहेको छ । साउनदेखि अहिलेसम्म ११ पटक डिजेल पेट्रोलको मूल्य बढ्दा एक पटक मात्र डिजेलमा प्रतिलिटरमा १ रुपैयाँ मूल्य घटेको छ ।

लगातार मूल्य बढ्दै गएपछि उपभोक्तालाई मार पर्न सक्ने भन्दै मूल्य स्थिरिकरण कोषमा उपभोक्ताबाटै संकलन गरिएको ११ अर्ब रुपैयाँ रहेको छ । मूल्य बढिरहेकाले कोषमा भएको रकम व्यवस्थापन गर्दा ५ ६ पटकलाई भन्दा धेरै नपुग्ने भन्दै निगमले लगातार इन्धनको मूल्य बढाइरहेको छ । कारोबार दैनिकबाटमल देखिएको छ । समानान्तर रुपमा पार्टीलाई अघि बढाउने गरी राष्ट्रिय भेला गरे पनि यो समूहले ओलीलाई सच्याउने र एकता कायम राख्ने गरी अवधारणापत्र ल्याएको छ ।

पार्टीको अन्तरसंघर्ष संगठनको आधारमा अघि बढाउने र पालिका तहसम्म समानान्तर कमिटी ब्युँताउने राणीतिसहित खनाल–नेपाल पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो । यही राणनीतिअनुरुप पालिका कमिटीसम्मका नेता–कार्यकर्तालाई बोलाएर तिनको मन बुझ्ने र सुझावका आधारमा बाँकी कार्यक्रम तय गर्ने भनिए पनि राष्ट्रिय भेलापछिको चरणबारे प्रतिवेदन र नेतृत्व दुवैले बोलेका छैनन् ।

बैठकमा नेता माधवकुमार नेपालले प्रस्तुत गरेको ९ पेजको प्रतिवेदनमा ओलीलाई सच्याउने उल्लेख भए पनि उनी सच्चिएनन् भने के गर्ने भन्ने योजना छैन । सम्बद्ध स्रोतका अनुसार अहिले ओलीसँगको लडाइँ सैद्धान्तिकभन्दा पनि पनि सांगठनिक भएकाले तल्लो तहसम्म पुरानै कमिटी ब्युँताउने र पार्टी विभाजनकै अवस्था आयो भने पनि आफ्नो कमिटीलाई एकताबद्ध राख्ने खनाल–नेपाल समूहको योजना छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares