Tuesday, May 5
Shadow

आर्थिक

मनकामना स्मार्ट लघुवित्तको आइपीओ भोली ९ः३० बजे बाँडफाँट हुने

मनकामना स्मार्ट लघुवित्तको आइपीओ भोली ९ः३० बजे बाँडफाँट हुने

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असार २७ मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर आइपीओ भोलि सोमबार विहान ९:३० बजे बाँडफाड हुने भएको छ । गत असार २४ गतेबाट बिक्रीमा ल्याएको आईपीयो शुक्रबार प्रि अलटमेन्ट गरेर बाँडफाँटको लागि नेपाल धितोपत्र बोर्डसगँ अनुमति माग गरेको थियो । उक्त शेयर भोली विहान ९:३० बजे बाडँफाँड हुने शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । लघुवित्तको असार २४ गते बिहीबारदेखि १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियोे । जसमा ६ हजार ५८ कित्ता कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागी छुट्याइएको थियो । उक्त आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरक...
यूनियन लाइफको साढे ६४ लाख कित्ता आईपीओ आजदेखी बिक्री खुला

यूनियन लाइफको साढे ६४ लाख कित्ता आईपीओ आजदेखी बिक्री खुला

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असार २४ यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखी बिक्री खुला गरिएको छ । कम्पनीले आज (असार २४ गते, बिहीबार) देखि सर्बसाधारणमा प्राथमिक सेयर (आईपीओ) बिक्री गरेको हो । कम्पनिले चुक्ता पुजीको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन तथा बिक्री गरेको हो । कम्पनिले निष्काशन गर्ने शेयरमध्ये ३ लाख २२ हजार ५ सय कित्ता शेयर कर्मचारीहरुलाई , ३ लाख २२ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वधाधरण लगानिकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्ता सम्म आवेदन दिन सक्नेछन् । आईपीओ छिटोमा असार २८ गते र यदि २८ गतेसम्म पनि आवेदन नपरेमा मात्र साउन ७ गतेसम्म आवेदन दिन पाईन्छ । इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्र...
जीवन विकास लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै, रिजल्ट हेर्ने तरिकासहित

जीवन विकास लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै, रिजल्ट हेर्ने तरिकासहित

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असार २३ जीवन विकास लघुवित्तको आईपीओ आह बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज बुधबार बिहान ९ः३० बजे बाँडफाँड गरिनेछ । जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) प्रिअलटमेन्टसम्वन्धि सबै काम सकिएकाले आज बाँडफाँड गरिने भएको हो । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिनेछ । १० कित्ताका दरले आईपीओ बाँडफाँड गर्दा १ लाख ८४ हजार ८०१ जनाले मात्रै...
मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असार १७ मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार १७ गते) देखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । लघुवित्तले आज (असार १७ गते, बिहीबार) देखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत अर्थात् ३ करोड ८९ लाख रुपैयाँको आईपीओ निष्कासन गरेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता सेयर निष्कसन गरेको हो । जसमा ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणका लागी छुट्याईएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा २१ गतेसम्म र ढिलोमा ३१ गतेसम्म आवेदन पाउनेछन् । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा स...
बागमती सरकारद्वारा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक

बागमती सरकारद्वारा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक

आर्थिक, ब्यानर समाचार, समाचार, स्थानिय तह
नुवाकोट, असार १ बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् । कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयार पारेको जनाएको छ । प्रदेश सरकरले आगामी आर्थिक वर्षका लागि पूँजीगत तर्फ २९ अर्व १ करोड ७७ लाख ४३ हजार रुपैयाँ र चालुतर्फ २६ अर्व १ करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ । बागमती प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ अर्ब बजेट व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षमै अस्पतालमा...
स्वाथ्य सामाग्री खरिद गर्न १ लाख आर्थिक सहयोग गर्ने दम्पतीलाई धन्यवाद ज्ञापन पत्र

स्वाथ्य सामाग्री खरिद गर्न १ लाख आर्थिक सहयोग गर्ने दम्पतीलाई धन्यवाद ज्ञापन पत्र

आर्थिक, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, जेठ १५ यतिबेला विश्वसमुदायमा फैलीएको कोरोना भाईरसले सहरमा मात्रै नभएर गाउ गाउमा समेत मान्छेमा त्रास सृजना गरेको छ । दिनप्रतिदिन संक्रमितको संख्या थपिदै जाने र उपचारमा विभिन्न स्वास्थ्य सामाग्री अभाव हुन थाले संगै सबै स्थानीयतह हरुले यतिबेला आ आफ्नो ठाँउबाट सहयोग अपील गरिरहेका छन , यसै अन्तर्गत पश्चिम बाग्लुङको तमानखोला गा.पा.मा पछिल्लो केहि हप्ता यता निरन्तर रुपमा संक्रमण बढेपछि स्थानीयमा त्रास सृजना भएको हो , संक्रमण दर बढे संगै उपचारमा समस्या आउने देखिएकाले गा.पा.ले सहयोग अपील समेत गरेको छ । बढ्दो समस्यालाई मध्यनजर गर्दै तमानखोला गा.पा. ५ खुखांनीमा आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न नगद १ लाख आर्थिक सहयोग गर्ने तुलेन्द्र सुन्चौरी र उनका दम्पतीलाई वडाले धन्यवाद ज्ञापन गरेको छ । महामारीको बेला स्थानीय बासिन्दाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आपतकालीन समयमा आर्थिक ...
विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ऋण दिइने

विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ऋण दिइने

आर्थिक, ब्यानर समाचार, शिक्षा, समाचार
काठमाण्डौँ, जेठ १५ सरकारले वैकल्पिक शिक्षालाई सहयोग पुर्‍याउन विद्यार्थीलाई ल्यापटप खरीदमा सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै सार्वजनिक विद्यालय तथा क्याम्पसको माध्यमिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीका लागि एउटा ल्यापटप खरीद गर्न रु.८० हजारसम्म ऋण दिने बताएका हुन्। यस्तो ऋणको ब्याजदर १ प्रतिशत मात्रै हुनेछ भने कर्जाको अवधि दुई वर्ष हुनेछ।...
बृद्धभत्ता ४ हजार पुग्यो

बृद्धभत्ता ४ हजार पुग्यो

आर्थिक, ब्यानर समाचार 2, समाचार, समाज
काठमाण्डौँ, जेठ १५ सरकारले बृद्धभत्ताको रकम ४ हजार रुपैयाँ पुर्याएको छ । यसअघि ३ हजार रुपैयाँ मासिक भत्ता रहेको छ । सरकारले सबै खाले सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बिनियोजन गरेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७५३ बटै स्थानीय तहलाई क्वारेन्टाइन, आइसोलेसन, होल्डिङ सेन्टर लगायतका लागि बजेट छुट्याएको छ । बजेटले १०० शय्या वढी क्षमता भएका अस्पतालले आफ्नै अक्सिजन प्लान्ट बनाउनुपर्ने व्यवस्था गरेको छ । नीजि तथा सामूदायिक अस्पताललाइसमेत बजेटले अक्सिजन प्लान्टका लागि ५० प्रतिशत अनुदान दिने भएको छ ।...
सबै स्थानीय तहमा स्वास्थ्य बिमा, ७ अर्ब ५० करोड विनियोजन

सबै स्थानीय तहमा स्वास्थ्य बिमा, ७ अर्ब ५० करोड विनियोजन

आर्थिक, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, जेठ १५ सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको बताएका हुन् । स्वास्थ्य बिमा बोर्डको क्षमता अभिवृद्धि गरिने र बिमा कार्यक्रमको दीगोपनका लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गरिने पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको पौडेलको भनाइ छ । सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गर्ने पनि पौडेलले बताए ।...
पोर्चुगलमा बसोवस गर्ने नेपालीहरूले रवि लामीछाने फाउण्डेशनलाई चार लाख बढि रकम सहयोग गरे

पोर्चुगलमा बसोवस गर्ने नेपालीहरूले रवि लामीछाने फाउण्डेशनलाई चार लाख बढि रकम सहयोग गरे

आर्थिक, ब्यानर समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, जेठ १२ पोर्चुगलमा बसोवस गर्ने नेपालीहरूले रवि लामीछाने फाउण्डेशनलाई चार लाख छपंन्न हजार सात सय उनाननव्य रुपैँया सहयोग गरेका छन् । विश्वव्यापी महामारीको रूपमा फैलीएको नया भेरियन्टको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण तथा मृत्युदर समेत बढ्दै गईरहेकाले उक्त समयलाई मध्ये नजर गर्दै एन।आर।एन पोर्चुगलकी उपाध्यक्ष नारी समाज पोर्चुगलकी अध्यक्ष सीता श्रेष्ठ (शिवानी) को पहलमा पोर्चुगलमा बसोवस गर्ने नेपालीहरूको सहयोगमा काठमाण्डौँ महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजाल ,सृजना बुर्लाकोटी ,सुशील भट्ट लगाएतको उपस्थितिमा बुधबार सामाजिक अभियान्ता एंव पत्रकार रवि लामीछानेको टिमलाई रु ४,५६,७८९ (चार लाख छपंन्न हजार सात सय उनाननव्य) चेक हस्तान्तरण गरियो छ । ...