Thursday, October 30
Shadow

अपराध

प्रहरी बनाइदिने भन्दै ६ लाख ठगी , बाँकेका सामाजिक अभियन्ता पक्राउ

प्रहरी बनाइदिने भन्दै ६ लाख ठगी , बाँकेका सामाजिक अभियन्ता पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २८ । प्रहरी बनाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई ब्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ। प्रहरी बनाइदिने भन्दै दुई जनाबाट ६ लाख रुपैयाँ असुल्ने राप्तीसोनारी गाउँपालिका ६ बस्ने आशिष मल्ल ठकुरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । आफुलाई सामाजिक अभियन्ता बताउने ठकुरीले सल्यानका भिम बहादुर घर्ती र तारा मन्तासँग प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ लिएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिएका छन् । पिडितको जाहेरीका आधारमा ठकुरीलाई राप्तीसोनारीबाट ६ बाट पक्राउ गरि ल्याइएको एसपी रानाले बताए। एसपी रानाले ठकुरीले पीडितबाट एक पटक ४ लाख नगद र अर्को पटक २ लाख आइएमई मार्फत बुझेको बताए । पक्राउ परेका ठकुरीबाट पीडितको पैसा समेत असुलउपर गरि ठगी मुद्दा चलाइने एसपी रानाले बताए ।  ...
भक्तपुरबाट स्रोत नखुलेको ४२ लाखसहित एक जना पक्राउ

भक्तपुरबाट स्रोत नखुलेको ४२ लाखसहित एक जना पक्राउ

अपराध, मुख्य समाचार, समाज, सम्पादकीय
काठमाडौं , फागुन २७ । भक्तपुर प्रहरीले स्रोत नखुलेको रु ४२ लाखसहित एक जनालाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि–३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भई हाल सूर्यविनायक नगरपालिका–३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट रकम बरामद गरेको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत्त थिमिका अनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट रु २७ लाख र निजको कोठा खानतलासी गर्दा थप रु १५ लाख बरामद भएको हो । प्रहरीले उक्त रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले उक्त रकम जुवातास खेलेर जितेको हुनसक्ने बताएको छ ।  ...
सपनालाई अभद्र व्यवहार गर्ने विनयजंग बस्नेत ५० हजार धरौटीमा छुटे

सपनालाई अभद्र व्यवहार गर्ने विनयजंग बस्नेत ५० हजार धरौटीमा छुटे

अपराध, मुख्य समाचार, समाचार, समाज
  काठमाडौं, फागुन २६। बीबीसीको १०० प्रभावशाली महिलामा परेकी सपना रोका मगरलाई अभद्र ब्यवहार तथा सामाजिक सञ्जालमा गालीगलौज गरेको मुद्दामा पक्राउ परेका विनयजंग बस्नेत रिहा भएका छन्। २४ दिनदेखि हिरासतमा रहेका बस्नेतलाई बुधबार थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। उनसँग अभद्र व्यवहारमा १० हजार र साइवर अपराधको मुद्दामा ४० हजार रुपैयाँ धरौटी माग गरेको थियो। अदालतले माग गरेको धरौटी बुझाएर विनय बुधबार नै हिरासतमुक्त भएका छन्। विनयविरुद्ध सपनाले माघ १९ गते प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्। फागुन ४ गते प्रहरीले उनलाई काठमाडौँको गोंगबुबाट पक्राउ गरेको थियो।  ...
.हत्या अभियोगमा तीन जना पक्राउ

.हत्या अभियोगमा तीन जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २६ । एक युवालाई हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउपर्नेमा गैँडाकोट नगरपालिका– २ घर भई नारायणगढस्थित जानकी गेष्ट हाउसमा व्यवस्थापकको काम गर्ने वर्ष ४२ का सञ्जय गजुरेल, भरतपुर महानगरपालिका– २७ घर भई नारायणगढमा भाडामा बस्ने २५ वर्षीय विक्रम महतो र कालिका नगरपालिका– ७ जुटपानी घर भई नारायणगढ बजारमा बस्ने ३० वर्षीय रामबहादुर परियार रहेका छन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार निजलाई लम्जुङको मस्याङ्दी गाउँपालिका– ५ घर भई नारायणगढमा डेरा गरी बस्ने ४८ वर्षीय गोपाल गुरुङको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार नारायणगढस्थित जानकी गेष्टहाउसमा बसेका गुरुङलाई होटलमा रकम नतिरेका विषयमा विवादपछि हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ...
बल्खुबाट चितुवाको आखेटोपहारसहित ४ जना पक्राउ

बल्खुबाट चितुवाको आखेटोपहारसहित ४ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार
  काठमाडौं, फागुन २५ । काठमाडौं महानगरपालिका(१४ बल्खुबाट संरक्षित वन्यजन्तु चितुवाको १ थान छाला, २ थान हड्डी र ११ थान दाँतसहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ जयपृथ्वी नगरपालिका(४ बस्ने २४ वर्षीय कृष्णराज उपाध्याय, कैलाली धनगढी उपमहानगरपालिका(१ बस्ने ३२ वर्षीय लोकेन्द्र बहादुर मल्ल, गोरखा गोरखा नगरपालिका(२ बस्ने २० वर्षीय सन्देश बानियाँ र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका(५ बस्ने १९ वर्षीय सुजन बस्नेत रहेका छन् । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार(पसार तथा किनबेच गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहारसहित पक्राउ गरेको हो ।...
ठेकेदार भेटवालसहित ११० जनाविरुद्ध विशेष अदालतमा मुद्दा

ठेकेदार भेटवालसहित ११० जनाविरुद्ध विशेष अदालतमा मुद्दा

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवालसहित ११० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । भेटवालसहित साविक मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सञ्चालक छविरमण अधिकारी, बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा लगायतविरुद्ध मुद्दा दायर भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । विभिन्न ११ वटा उजुरीका आधारमा ३८ करोडभन्दा बढी बिगो माग दाबी गरिएको अख्तियारले जनाएको छ ।...
बाराको निजगढमा एक युवकको घाटी रेटी हत्या

बाराको निजगढमा एक युवकको घाटी रेटी हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बारा, फागनु २५ । बाराको निजगढमा एक जना युवकको घाँटी रेटेर हत्या गरिएको छ । निजगढ नगरपालिका वडा नं।९ बजार स्थित एक घरमा करिब १८ वर्षिय युवकको घाँटी रेटी हत्या भएको हो । काले भनिने रोहित शर्माको घर मैं गए राती घाँटी रेटी हत्या भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जनाएका छन् । घटना बारे थप बिवरण आउँन बाँकी छ । घर मैं एक्लै रहेको अवस्थामा उनको अज्ञात व्यक्तिले हत्या गरेको स्थानीयले जनाएका छन् । उनी पेन्ट सम्बन्धि काम गर्दै आएका थिए ।  ...
नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार ११ लाख घुससहित पक्राउ

नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार ११ लाख घुससहित पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठलाई ११ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियारले श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सञ्चालन अनिश जोशीलाई समेत पक्राउ गरेको छ । श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी घुस मागेको सूचनाको आधारमा टंगालस्थित अख्तियारको टोली परिचालित भएको थियो । सोही क्रममा श्रेष्ठ र जोशी दुवैलाई ११ लाख रकमसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौंको कार्यालय प्रवेश गर्ने मूलगेट अगाडिबाट नियन्त्रणमा लिइएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनीहरु...
आयोजनाको नाममा दादागिरी : ठेकेदारले गरे सुत्केरी महिलालाई खाल्टो खनेर पुर्ने प्रयास

आयोजनाको नाममा दादागिरी : ठेकेदारले गरे सुत्केरी महिलालाई खाल्टो खनेर पुर्ने प्रयास

अपराध, मुख्य समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, फागुन २३ गल्छी–मैलुङ्ग सडक निर्माण आयोजनाअन्तर्गत नुवाकोटको देवीघाट बजारमा निर्माणाधिन पुल निर्माणका क्रममा ठेगेदार कुमार अधिकारीले स्थानीय एक महिलामाथि ज्यादती गरेका छन् । ती ठेकेदारले स्थानीय महिला पवित्रा गजुरेल पुडासैनीलाई खाल्टो खनेर पुर्ने प्रयास गरेको स्थानीय माधव कुमार गजुरेलले बताए । उनका अनुसार स्थानीयको प्रयासमा ती महिलाको स्थानीय उद्धार भएको छ । सोहीक्रममा ठेगेदारले स्थानीय केदार दाहाललाई समेत हम्बरले हान्ने प्रयास गरेका थिए । पवित्राको नाममा नापी कार्यालय, नुवाकोटमा दर्ता रहेको जग्गामा बनेको दुईतल्ले घर अनाधिकृत रुपमा जवरजस्ती डोजर लगाएर भत्काउने प्रयास भएपछि सो घटना भएको पीडित पक्षको दाबी छ । सोही विषयलाई लिएर स्थानीयको पहलमा देवीघाट चौकीमा छलफलका लागि वोलाउँदासमेत ठेगेदार कुमार अधिकारीले आफ्ना आफन्त सांसद रहेको तथा प्रहरीमा पनि पहुँच भन्दै आफूलाई कसैले ...
सप्तरीबाट कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

सप्तरीबाट कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
सप्तरी, फागुन २२ । प्रहरीले सप्तरीमा कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । राजबिराज नगरपालिका-६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोली सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका(७ बस्ने २० वर्षीय महेन्द्र कुमार शर्मा र सोही गाउँपालिका(५ बस्ने १९ वर्षीय प्रभु साह रहेका छन् । उनीहरुलाई विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । उनीहरु चढेको स।७ प ९६७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार साहलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...