काठमाडौँ , फागुन २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवालसहित ११० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
भेटवालसहित साविक मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सञ्चालक छविरमण अधिकारी, बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा लगायतविरुद्ध मुद्दा दायर भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।
विभिन्न ११ वटा उजुरीका आधारमा ३८ करोडभन्दा बढी बिगो माग दाबी गरिएको अख्तियारले जनाएको छ ।