केराउ तस्करलाई समात्न खोज्दा दुई प्रहरीको हत्या, ७२ घण्टामै हत्यारा पक्राउ
काठमाण्डौँ, कार्तिक ४
कैलालीमा केराउ तस्करलाई नियन्त्रणमा लिन खोज्दा सो समूहले प्रहरीको हत्या गरेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा शनिबार राति मोहना नदीबाट तस्करले केराउ निकासी गर्न खोजेका थिए ।
सोही क्रममा गस्तीमा निस्किएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।
प्रहरीले हत्यामा संलग्न सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै नेपाली हुन् । प्रहरीमाथि आक्रमण गर्ने समूह ९ देखि ११ जनासम्म रहेको पाइएको छ । उनीहरुलाई आजै सार्वजनिक गर्ने तयारी छ । असई विकको शव आइतबार बिहान र प्रहरी जवान साउँदको शव आज मोहना नदीमा फेला परेको थियो । दुवैको विभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेक...