Tuesday, April 23
Shadow

प्रहरी बनाइदिने भन्दै ६ लाख ठगी , बाँकेका सामाजिक अभियन्ता पक्राउ


  • -इ
  • इ+

काठमाडौं, फागुन २८ । प्रहरी बनाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई ब्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ।

प्रहरी बनाइदिने भन्दै दुई जनाबाट ६ लाख रुपैयाँ असुल्ने राप्तीसोनारी गाउँपालिका ६ बस्ने आशिष मल्ल ठकुरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो ।

आफुलाई सामाजिक अभियन्ता बताउने ठकुरीले सल्यानका भिम बहादुर घर्ती र तारा मन्तासँग प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ लिएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिएका छन् ।

पिडितको जाहेरीका आधारमा ठकुरीलाई राप्तीसोनारीबाट ६ बाट पक्राउ गरि ल्याइएको एसपी रानाले बताए।

एसपी रानाले ठकुरीले पीडितबाट एक पटक ४ लाख नगद र अर्को पटक २ लाख आइएमई मार्फत बुझेको बताए । पक्राउ परेका ठकुरीबाट पीडितको पैसा समेत असुलउपर गरि ठगी मुद्दा चलाइने एसपी रानाले बताए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares