Thursday, March 28
Shadow

बल्खुबाट चितुवाको आखेटोपहारसहित ४ जना पक्राउ


  • -इ
  • इ+

 

काठमाडौं, फागुन २५ । काठमाडौं महानगरपालिका(१४ बल्खुबाट संरक्षित वन्यजन्तु चितुवाको १ थान छाला, २ थान हड्डी र ११ थान दाँतसहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बझाङ जयपृथ्वी नगरपालिका(४ बस्ने २४ वर्षीय कृष्णराज उपाध्याय, कैलाली धनगढी उपमहानगरपालिका(१ बस्ने ३२ वर्षीय लोकेन्द्र बहादुर मल्ल, गोरखा गोरखा नगरपालिका(२ बस्ने २० वर्षीय सन्देश बानियाँ र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका(५ बस्ने १९ वर्षीय सुजन बस्नेत रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार(पसार तथा किनबेच गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहारसहित पक्राउ गरेको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares