Wednesday, April 24
Shadow

सपनालाई अभद्र व्यवहार गर्ने विनयजंग बस्नेत ५० हजार धरौटीमा छुटे


  • -इ
  • इ+

 

काठमाडौं, फागुन २६। बीबीसीको १०० प्रभावशाली महिलामा परेकी सपना रोका मगरलाई अभद्र ब्यवहार तथा सामाजिक सञ्जालमा गालीगलौज गरेको मुद्दामा पक्राउ परेका विनयजंग बस्नेत रिहा भएका छन्।

२४ दिनदेखि हिरासतमा रहेका बस्नेतलाई बुधबार थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। उनसँग अभद्र व्यवहारमा १० हजार र साइवर अपराधको मुद्दामा ४० हजार रुपैयाँ धरौटी माग गरेको थियो।

अदालतले माग गरेको धरौटी बुझाएर विनय बुधबार नै हिरासतमुक्त भएका छन्।

विनयविरुद्ध सपनाले माघ १९ गते प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्। फागुन ४ गते प्रहरीले उनलाई काठमाडौँको गोंगबुबाट पक्राउ गरेको थियो।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares