Thursday, March 28
Shadow

बेल्कोटगढी १० र १२ लाई जोड्ने बेल्कोट खोलामा २ करोड २७ लाख लागतमा पुल निर्माण हुने


  • -इ
  • इ+

काठमाण्डौं, मंसिर २१

दिपक न्यौपाने
बेल्कोटगढी नगरपालिका १० र १२ लाई जोड्ने बेल्कोट खोलामा २ करोड २७ लाख लागतमा पुल निर्माण हुने भएको छ। बागमती प्रदेशका पूर्व भौतिक पुर्वाधार विकास मन्त्री केसव राज पाण्डे र नगरपालिकाका मेयर राजेन्द्र रमण खनालको सिफारिसमा पुल निर्माण हुने भएको हो।

नगरपालिकाको कालिघुम्ति भृकुटी सडकखण्ड अन्तर्गत बेलकोट खोलामा पक्कि पुलको शिलान्यास कार्यक्रम मंसिर २० गते समापन भएको छ । कार्यक्रमा सम्बोधन गर्दै बेल्कोटगढीका प्रमुख राजेन्द्र रमन खनालले बेल्कोटगढीको बिकासमा प्रदेश सरकार र नगर सरकार अझै अग्रसर भएर लाग्ने जानकारी दिनुभयो ।

साथै बेल्कोटगढीका विभिन्न तहमा बिकासका कामहरू द्रुत गतिमा भइरहेको र नयाँ बिकास निर्माणका गतिविधिलाई पहल गर्ने बताउनुभयो ।  पूर्व मन्त्री पाण्डेले सम्बोधन गर्दै आगामी दिनमा थप पुर्बधारको काम गर्दै समृद्धि बेल्कोटगढी बनाउन पहल गर्ने बताउनु भयो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares