Friday, April 26
Shadow

सिसडोल बासिन्दाको सरकारलाई ठुलो धक्का, बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निमार्ण अबरोध


  • -इ
  • इ+

काठमाडौं । आज देखि बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निर्माण कार्यमा सिसडोल बासिन्दाले अबरोध गरेका छन् । आम सिसडोल बासीको स्वास्थ्यलाई खेलवाड गर्दै सरकारी पक्षले गरेका प्रतिवद्धता कान्वायन नगरी बञ्चरेडाँडामा सिसडोलको जस्तै अवस्थामा नै विसर्जन गर्न खोजेको स्थानीय भनाइ छ। धुनेबेशी नगरपालिका वडा नं १,२,३ र ककनी गाउपालिका वडा नं १,२,३ का स्थानीयहरुले आजबाट ल्यण्डफिलसाइटको निर्माण कार्यमा अबरुद्ध गरेका हुन्।

स्थानीयहरुले आज बिहान ७ बजे देखी निर्माणकार्य रोकेका छन् । आक्रोशित स्थानीयहरुले यो पहिलो चरणको विरोध भएको र माग सम्बोधन नभए अर्को चरणको विरोधमा जान आफूहरु बाध्य हुने चेतावनी दिएका छन् ।

‘कि फोहोर रहित, कि मानव रहित बनाउँनुपर्ने र साथै स्थानियहरु को जीवन बीमा, शिक्षा स्वास्थ्य, पक्कि बाटो हुनु पर्ने’ संघर्ष समितिका अध्यक्ष सिराम ढुंगानाले बताए ।

सिसडोल जनता पनि छन् भने कुरा नदेखेको जस्तो गर्नु नेपाल सरकारको ठुलो भुल भएको स्थानीयको आरोप छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares