Thursday, April 18
Shadow

उद्योग विकास शाखाको आयोजनामा ५ दिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न


  • -इ
  • इ+
पौष १६,काठमाडौं

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ मैरीटारमा ५ दिने व्यवसायिक बाख्रापालन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

विदुर नगरपालिकाको उद्योग विकास शाखाको आयोजना तथा गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मैरीटारको आयोजनामा भएको तालिममा १५ जना कृषकहरुको सहभागीता रहेको थियो ।तालिममा सहभागीहरुलाई खोर व्यवस्थापन कसरी गर्ने, बाख्रा कति प्रजातिका हुन्छन्, विभिन्न रोगहरुबाट बाख्रालाई कसरी बचाउन सक्किन्छ, खसीको हेरचाह गर्ने तरिका, बिरामी बाख्राको हेरचाह कसरी गर्ने बाख्रालाई आवश्यक पर्ने आहारा के के हुन, खसी बनाउने तरिका, लगायतका विषयमा सिकाईएको संस्थामा प्रतिनिधि प्रदिपकुमार भट्टले जानकारी दिए ।


तालिममा सहभागिहरुलाई नगरपालिकाका पशु तथा भेटेनरी शाखाका प्रमुख डा। सनम मर्हजन, प्राविधिक रामेश्वर प्याकुरेल, बिष्णुप्रसाद रिजालले प्रशिक्षण दिएका थिए ।तालिम समापन कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले तालिम सिकेकाहरुले बाख्रापालन व्यवसाय गर्न जोड दिए । उनले आफु निर्वाचित भएदेखि यताका वर्षमा किसानलाई सहयोज गर्दै आएको र अझै पनि किसानलाई भरपुर सहयोग गर्ने बताए ।

मेयर पण्डितले जीवनमुखी व्यवसायले कुनै ठोस उपलब्धि हासिल नहुने भन्दै जीवनस्तर उकास्नका लागी पनि बाख्रापालन व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
यस्तै विदुर नगरपालिका वडा नम्बर ३ का वडा सदस्य प्रदिप घिमिरेले अब महिलाहरु व्यवसायिक बाख्रा पालनतर्फ अग्रसर हुनुपर्ने धारणा राखे । उनले कृषि पेसा तथा पशु व्यवसायसंग सम्बन्धित कृषकहरुको जीवनस्तरमा सुधार ल्याउनु नै नगरपालिका र वडाको लक्ष्य रहेको उल्लेख गरे ।

तालिमका सहभागि दिपक ठकुरीले तालिमबाट छोटो समयमा धेरै कुराको ज्ञान पाएको बताए । उनले आफुहरुले गरिरहेको व्यवसायलाई अझै आधुनिकिकरण गर्न तालिमले महत्त्वपूर्ण टेवा पुर्याएको भनाई व्यत्त गरे ।
यस्तै तालिममा सहभागी शुसीला वस्तीले तालिम निकै प्रभावकारी रहेको बताउदैं आफुहरु जस्तो काम गर्न चाहाने कमजोर आर्थिक अवस्था भएकाहरु महिलाहरुको जीवनस्तर सुधार गर्न नगरपालिकाले थप हौसला प्रदान गर्नुपर्नेमा जोड दिए ।

तालिम समापन कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य सिताराम रिमाल, चण्डी आधारभुत विद्यालयका शिक्षक हरिप्रसाद अधिकारी, किसान २ परियोजनाका इन्द्रबहादुर मिजार लगतयको उपस्थिति रहेको थियो ।
तालिम समापन पश्चात सहभागीहरुलाई विदुर नगरपालिकाले छत्रेफाँट लघुउद्यम विकास समुह र बुधसिंह लघुउद्यम विकास समुह गरि दु्ई समुहमा विभाजन गरि उद्यम विकास समुह समेत गठन गरेको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares