Thursday, April 25
Shadow

स्थानिय तह

कोरोनाबाट कोहलपुरका ७४ वर्षीय वृद्धको मृत्यु

कोरोनाबाट कोहलपुरका ७४ वर्षीय वृद्धको मृत्यु

ब्यानर समाचार 2, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाडौ, मंसिर १८ मंसीर ६ गते भेरी अस्पताल, नेपालगञ्जमा भर्ना भएका वृद्धको आज बिहान २ बजे मृत्यु भएको हो । बाँकेका अस्पतालहरुमा कोरोनाबाट दैनिकजसो नै मृत्यु भइरहेपनि जिल्लावासीको लामो समयपछि मृत्यु भएको छ । यो सँगै कोरोनाबाट बाँकेका ३९ जनाको मृत्यु भएको छ । यसैबीच, बाँकेका दुई ठूला अस्पताल भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा कोरोनाका ४७ जना सिकिस्त बिरामी रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, भेरीमा ३४ र कोहलपुर मेडिकल कलेजमा १३ जना सिकिस्त बिरामी छन् । दुई अस्पतालमा मध्यम खालका ४८ र सामान्य ५ जना बिरामी रहेका छन् । जिल्लाका विभिन्न पालिकाहरुमा गरेर एक सय ३४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।...
नुवाकोट बेलकोटगढीका घुस लिने इन्जिनियर पौडेल र व्यवसायी भट्ट पक्राउ

नुवाकोट बेलकोटगढीका घुस लिने इन्जिनियर पौडेल र व्यवसायी भट्ट पक्राउ

अपराध, आर्थिक, ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर १७ नुवाकोट बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर पर्वत पौडेल पक्राउ परेका छन्। उनलाई सेवाग्राहीसँग घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने प्रयोजनका लागि घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। उनले सेवाग्राहीसँग लिएको ७५ हजार रुपैयाँ होटल व्यवसायी नारायणप्रसाद भट्टलाई बुझ्न लगाएका थिए। सोही अवस्थामा पौडैल र भट्ट दुवैजनालाई पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन्। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।...
सभा, जुलुस र प्रदर्शनहरु नगर्न काठमाडौं प्रशासनको आग्रह

सभा, जुलुस र प्रदर्शनहरु नगर्न काठमाडौं प्रशासनको आग्रह

टिप्स, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
  काठमाण्डौँ, मंसिर १६ कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस तथा प्रदर्शनहरु नगर्न आग्रह गरेको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै प्रशासनले कोरोना भाइरसको महामारीको जोखिम अझै रहेकाले भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको हो । जिल्ला प्रशासन काठमाडौंद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्नरनगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ,’ । त्यस्तै जोखिम अ...
शिवपुरी गाउँपालिका ५ चालिसेमा १० शैयाको अस्पताल शिलान्यास

शिवपुरी गाउँपालिका ५ चालिसेमा १० शैयाको अस्पताल शिलान्यास

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १५ नुवाकोटको शिवपुरी गाउँपालिका वडा नंवर ५ चालिसेमा सोमवार १० शैयाको अस्पताल शिलान्यास भएको छ । उक्त शिलान्यास गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले गरेका हुन् । १० करोड भन्दा धेरै लागतमा निर्माण हुने अस्पताललाई सुविधा सम्पन्न बनाईने गाउँपालिकाका अध्यक्ष थापाले बताए । साथै कार्यक्रममा बोल्दै उनले भने, गाउँपालिका समृद्धि तर्फ लम्किएको र यस अस्पताललाई पनि आफ्नै कार्यकालमा निर्माण सम्पन्न गरि आफैले उद्घाटन गर्ने गरि काम गर्छु । अस्पतालमा आकस्मिक तथा वैरंङ सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिका उप प्रमुख मन्जु केसि, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा अध्यक्षहरु लगाएतका जनप्रतिनिधिको उपस्थीति रहेको थियो ।...
नागार्जुन नगरपालिकाद्धारा १५४ परिवारलाई अग्नि शमन यन्त्र वितरण

नागार्जुन नगरपालिकाद्धारा १५४ परिवारलाई अग्नि शमन यन्त्र वितरण

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर १३ काठमाडौंको नागार्जुन नगरपालिकाले अग्नि शमन यन्त्र वितरण सुरु गरेको छ । शनिवार आयोजित एक कार्यक्रममा सो नगरपालिकाको वडा नं १ का १ सय ५४ घर परिवारलाई उक्त यन्त्र वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् । उनले बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्‍याउन नसकेको बताए । नेता सिंहले तत्काल उपसभामुख चयन गर्नुपर्ने र संवैधानिक आयोगहरुलाई पूर्णता दिनुपर्ने पनि बताए । ट्रान्सपरेन्सी इन्टनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी रिपोर्टको चर्चा गर्दै नेता सिंहले वर्तमान सरकार भ्रष्ट भएको आरोप समेत लगाए । कार्यक्रममा प्रदेश सांसद प्रकाश श्रेष्ठले प्रदेश सरकारले जनतालाई अधिकार सम्पन्न बनाउन कानुन बनाई रहेको बताए । साथै नगरपालिकाले गरेको कार्यमा प्रदेश सरकारले...
देविघाट जाल्पा क्लबद्धारा जालपा देवि मन्दिर परिसर सरसफाई

देविघाट जाल्पा क्लबद्धारा जालपा देवि मन्दिर परिसर सरसफाई

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर ११ हरिबोधनी एकादशी अर्थात ठूलो एकादशीको अवसरमा नुवाकोटको देविघाट स्थीत जालपादेवि मन्दिरमा हरेक वर्ष मेला लाग्ने गरेको छ । सोहि मेला सम्पन्न भए संगै मन्दिर परिसरमा भएका फोहोर स्थानिय देविघाट जाल्पा क्लबको नेतृत्वमा सरसफाई गरिएको छ । नुवाकोटको देवीघाटस्थित जालपादेवी मन्दिर र त्रिशूली र तादीको दोभान देवीघाट, गणेशस्थान माछापोखरी घाट, समुन्द्रटारको घाट, रावतबेसीको घाट, शिखरवेसीको दुप्चेश्वर मन्दिरको घाट, तारुका घाट लगायतका घाटमा भव्य मेला र फूल तार्ने भक्तजनहरुको बाक्लो उपस्थीति रहने गरेको छ । भक्तजनको उपस्थीतिले पुजाँ सामाग्री लगाएत अन्य बस्तुहरु मन्दिर वरपर फ्याकिदाँ उत्पन्न भएको फोहोरले मन्दिरको सौन्र्दयतालाई असर पर्ने हुदाँ तत्काल सरसफाई गरिएको देविघाट जाल्पा क्लबले जनाएको छ । सरसफाईमा प्रहरी, स्थानिय लगाएतको उपस्थीति रहेको थियो । ...
नेपाली कांग्रेस तारकेश्वर समितिले नगरपालिकालाई बुझायो ९ बुंदे ज्ञापन पत्र

नेपाली कांग्रेस तारकेश्वर समितिले नगरपालिकालाई बुझायो ९ बुंदे ज्ञापन पत्र

ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर १० नेपाली कांग्रेस तारकेश्वर नगर समितिले तारकेश्वर नगरपालिकालाई नगर भित्रका विभिन्न विषयलाई समेटि ९ बुंदे ज्ञापन पत्र बुझाएको छ । बुधवार नगरपालिकाको कार्यालयमा नगर प्रमुख रामेश्वर बोहोरालाई नेपाली कांग्रेस नगर सभापति श्रीराम थापाले उक्त ज्ञापन पत्र बुझाएका हुन् । जनताको चन्दाबाट निर्माण गरिएको हस्पिटल नगरले हडपेको देखि नगरमा हुन नसकेको विकास, भ्रष्ट्रचार, अनियमितता लगाएतका विषयलाई सुधार गर्नु पर्ने माग सहित उक्त ज्ञापन पत्र बुझाएको नगर सभापति थापाले बताए । सहि कार्यक्रममा पर्यावरण संरक्षण चिन्तक माधव तिमिल्सिनाले नगर क्षेत्रमा विभिन्न प्लटिङको नाममा पर्यावरणमा खलल आउने काम भएको प्रति चिन्ता व्यक्त गर्दैँ नगरले जति सक्दो छिटो उक्त कार्यलाई नियन्त्रण गर्न समेत अनुरोध गरेका छन् । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख बोहोराले कोभिड १९ को महामारीका कारण प्रभावकारी काम गर्न न...
भ्रमपूर्ण समाचार फैलाएको प्रति ककनी गाउँपालिकाको आपत्ति

भ्रमपूर्ण समाचार फैलाएको प्रति ककनी गाउँपालिकाको आपत्ति

आर्थिक, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर ७ नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्षलाई जोडेर गाउँपालिकामा चरम भ्रष्टचार गरेको भन्ने समाचार भ्रमपूर्ण भएको भन्दै गाउँपालिकाले आपत्ति जनाएको छ । शनिवार नवकान्तिपुर डट कम नामक अनलाइनले ककनी गाउँपालिकामा अध्यक्षबाटै चरम भ्रष्टाचार (भिडियोसहित) भन्ने समाचार प्रकाशन गरेको थियो । जननिर्वाचित प्रतिनिधि तथा ककनी गाउँपालिकाका अध्यक्षबाटै गाउँपालिकामा जम्मा भएको राहत सामग्री अनियमितता भएको पाइएको छ । कोरोनाबाट प्रभावित आर्थिक तथा सामाजिक रूपमा पिछडिएको वर्गलाई वितरण गर्न भनेर गाउँपालिकामा जम्मा भएको खाद्यसामग्री चामल र तेल पालिका अध्यक्ष मानबहादुर लामाले अवैध रूपमा बिक्री गर्नका लागि ट्रकमा लोड गर्दै गर्दा स्थानीय जनताहरूले थाहा पाई रोकेको कुरा उक्त अनलाइनमा प्रकाशन गरिएको छ । गाउँपालिकाले आईतबार एक विज्ञप्ति जारी गर्दै उक्त समाचारमा राजनैतिक र व्यक्तिगत चरित्र अत्या हुने...
सरकारलाई सिसडोलवासीले दिए यस्तो चेतावनी, माग पुरा नभए काठमाण्डौँनै सिसडोल बन्ने

सरकारलाई सिसडोलवासीले दिए यस्तो चेतावनी, माग पुरा नभए काठमाण्डौँनै सिसडोल बन्ने

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ५ विभिन्न १९ बुँदे माग राख्दै सिसडोलवासी आन्दोलित भएका छन् । शिक्षा, स्वास्थ्य, सडक लगायत विकास निर्माण गर्नुपर्ने लगायतका १९ बुँदे माग मंसिर २० गतेसम्म पुरा नभए फोहोर फाल्न नदिने भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् । वैज्ञानिक ढंगबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेण्टीसहित जीवन बिमा गर्नुपर्ने, विकास निर्माणका काम जनताले भनेअनुसार तत्काल सुरुवात गर्नुपर्ने उनीहरुको माग छ । जग्गा अधिग्रहण राजनीतिक दलका सीमित व्यक्तिको आधारमा प्रभावित क्षेत्रभित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने, रोनाष्टको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने स्थानीयको माग छ । फोहोर मैला व्यवस्थापन तथा यसका समस्याहरु सम्बन्धी विहीबार नुवाकोटको ककनी प्रगतिशील युवा क्लब, रोयल यूथ क्लब र अरुण युवा क्लबले आयोजना गरेको कार्यक्रममा स्थानीयवासीहरुले उक्त माग राखेका हुन् । ...
कोरोनाबाट गण्डकीमा थप ७ को मृत्यु, पोखराका मात्रै ६ जना

कोरोनाबाट गण्डकीमा थप ७ को मृत्यु, पोखराका मात्रै ६ जना

ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ५ कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ७ जनाको मृत्यु भएको छ। ७ मध्ये पाेखराका मात्रै ६ जना रहेका छन्। गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार हिजो राति र आज विहान ७ जनाको ज्यान गएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ।