Friday, March 29
Shadow

नेपाली कांग्रेस तारकेश्वर समितिले नगरपालिकालाई बुझायो ९ बुंदे ज्ञापन पत्र


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर १०
नेपाली कांग्रेस तारकेश्वर नगर समितिले तारकेश्वर नगरपालिकालाई नगर भित्रका विभिन्न विषयलाई समेटि ९ बुंदे ज्ञापन पत्र बुझाएको छ । बुधवार नगरपालिकाको कार्यालयमा नगर प्रमुख रामेश्वर बोहोरालाई नेपाली कांग्रेस नगर सभापति श्रीराम थापाले उक्त ज्ञापन पत्र बुझाएका हुन् ।

जनताको चन्दाबाट निर्माण गरिएको हस्पिटल नगरले हडपेको देखि नगरमा हुन नसकेको विकास, भ्रष्ट्रचार, अनियमितता लगाएतका विषयलाई सुधार गर्नु पर्ने माग सहित उक्त ज्ञापन पत्र बुझाएको नगर सभापति थापाले बताए । सहि कार्यक्रममा पर्यावरण संरक्षण चिन्तक माधव तिमिल्सिनाले नगर क्षेत्रमा विभिन्न प्लटिङको नाममा पर्यावरणमा खलल आउने काम भएको प्रति चिन्ता व्यक्त गर्दैँ नगरले जति सक्दो छिटो उक्त कार्यलाई नियन्त्रण गर्न समेत अनुरोध गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख बोहोराले कोभिड १९ को महामारीका कारण प्रभावकारी काम गर्न नसकेको र त्यसलाई छिट्टै निरन्तरता दिईने बताए । नगर भित्र संचालनमा रहेका केहि कार्यहरु रोक लगाउँदा नगरमा राजस्व संकलनमा समेत कमि आउने भएकाले केहि त्यस्ता कार्यलाई रोक्न नसकिएको बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares