Wednesday, April 24
Shadow

नागार्जुन नगरपालिकाद्धारा १५४ परिवारलाई अग्नि शमन यन्त्र वितरण


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर १३
काठमाडौंको नागार्जुन नगरपालिकाले अग्नि शमन यन्त्र वितरण सुरु गरेको छ । शनिवार आयोजित एक कार्यक्रममा सो नगरपालिकाको वडा नं १ का १ सय ५४ घर परिवारलाई उक्त यन्त्र वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् । उनले बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्‍याउन नसकेको बताए । नेता सिंहले तत्काल उपसभामुख चयन गर्नुपर्ने र संवैधानिक आयोगहरुलाई पूर्णता दिनुपर्ने पनि बताए ।

ट्रान्सपरेन्सी इन्टनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी रिपोर्टको चर्चा गर्दै नेता सिंहले वर्तमान सरकार भ्रष्ट भएको आरोप समेत लगाए ।

कार्यक्रममा प्रदेश सांसद प्रकाश श्रेष्ठले प्रदेश सरकारले जनतालाई अधिकार सम्पन्न बनाउन कानुन बनाई रहेको बताए । साथै नगरपालिकाले गरेको कार्यमा प्रदेश सरकारले सहकार्य समेत गर्ने उनले बताए ।

कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले छिटो नेपाली कांग्रेसको महाधिवेशन गरी योग्य र सक्षम नेतृत्व चयन गर्नुपर्ने बताएका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares