Friday, April 19
Shadow

शिवपुरी गाउँपालिका ५ चालिसेमा १० शैयाको अस्पताल शिलान्यास


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर १५
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नंवर ५ चालिसेमा सोमवार १० शैयाको अस्पताल शिलान्यास भएको छ । उक्त शिलान्यास गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले गरेका हुन् ।

१० करोड भन्दा धेरै लागतमा निर्माण हुने अस्पताललाई सुविधा सम्पन्न बनाईने गाउँपालिकाका अध्यक्ष थापाले बताए । साथै कार्यक्रममा बोल्दै उनले भने, गाउँपालिका समृद्धि तर्फ लम्किएको र यस अस्पताललाई पनि आफ्नै कार्यकालमा निर्माण सम्पन्न गरि आफैले उद्घाटन गर्ने गरि काम गर्छु ।

अस्पतालमा आकस्मिक तथा वैरंङ सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिका उप प्रमुख मन्जु केसि, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा अध्यक्षहरु लगाएतका जनप्रतिनिधिको उपस्थीति रहेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares