Sunday, May 5
Shadow

स्थानिय तह

ईनोभेटिभ कृषि सहकारीको प्रारम्भिक साधारण सभा सम्पन्न

ईनोभेटिभ कृषि सहकारीको प्रारम्भिक साधारण सभा सम्पन्न

आर्थिक, कृर्षि, समाचार, समाज, स्थानिय तह
नुवाकोट, माघ ३ कृषिमा एक पटकको लगानी, ईनोभेटिभ बाट जीवन भरको आम्दानी भन्ने उदेश्यका साथ विदुर नगरपालिका वडा नं ५ मा संचालनमा आएको ईनोभेटिभ कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । शनिवार संस्थाका अध्यक्ष देबेन्द्र गजुरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विदुर नगरपालिकाकी उप मेयर गीता कुमारी दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उप मेयर दाहालले, सम्पुर्ण नेपाली अब कृषि मा लाग्नु पर्ने र कृषि सहकारी बाट नै आधुनिक कृषि सम्भब भएको बताईन् । अब धुलो ,माटोलाई घिन मान्ने हैन माया गर्नु पर्छ अनि मात्र हामि नेपाली सुखि र समृद्धिको यात्रामा जाने उनले बताईन् । संस्थाको नयाँ कार्य समितिमा मुरारि गजुरेललार्ई चयन गरेको छ । साथै संस्थाको संचालक समितिको उपाध्यक्षमा मधु बहादुर गजुरेल, सचिव राजेन्द्र पनेरु, कोषाध्यक्ष केदार ढकाल, सदस्यहरु, विज...
नेपाल पशुपंक्षि औषधी व्यवसायी सङ्घ कैलाली-डोटी शाखाको अध्यक्षमा पुन : सापकोटा

नेपाल पशुपंक्षि औषधी व्यवसायी सङ्घ कैलाली-डोटी शाखाको अध्यक्षमा पुन : सापकोटा

समाचार, समाज, स्थानिय तह
खगेन्द्र अबस्थि/कैलालि, माघ ३ नेपाल पशुपंक्षि औषधी व्यवसायी सङ्घ कैलाली डोटी शाखाको अध्यक्षमा पुन : हरिलाल सापकोटा चयन भएका छन् । सोमबार कैलालीको जोशीपुर गाउँपालिका ४ झबही गाउँमा भएको द्रोसो चुनावी अभिवेसनले पुन : पुरानै टिमलाई निर्बिरोघ चयन गरेको हो । द्रोसो चुनावी अभिवेसनले ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा कमल थापा, सचिवमा भवन प्रसाद ओली, कोषाध्यक्षमा प्रकाश चौधरी चयन भएको निर्वाचन संयोजक केशव दत्त जोशीले जानकारी दिए । त्यस्तै सदस्यमा अनुप रावत, दुर्गा प्रसाद चौधरी र भक्त बहादुर बोगटी रहेको उनले बताए । चुनाबी प्रकृया मार्फत पुरानै टिमलाई चएन गरीएको उनले बताए । माघ पहिलो साथ बस्ने पहिलो बैठकले २ जनालाई मनोनीत गर्ने बताईएको छ । पशुपन्छी औषधी व्यवसायको क्षेत्रमा सरकारका कारण कर लगायतका विषयमा निकै समस्या देखिएको हुँदा त्यसलाई समाधान गर्न तर्फ आफूहरू लाग्ने अध्यक्ष हरि...
हुम्लामा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

हुम्लामा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ३ । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । बर्दिया जिल्ला घर भएका हवल्दार खड्काको गाउँपालिकाको पिप्लाङस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज बाँके हुँदै हेलिकोप्टरबाट काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लगिएको थियो । उपचारका क्रममा उहाँको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।...
कञ्चनपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

कञ्चनपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कञ्चनपुर, माघ २ । कञ्चनपुरमा गएराति दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपूरको कृष्णपुर नगरपालिका–५ आम्खैयामा भएको दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा परी दुई वटै मोटरसाईकलका चालकको मृत्यु भएको छ भने पछाडी सवार २ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहरा रहेका छन् । कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका जोशीको धनगढीस्थित निशर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यसैगरी दुर्घटनामा घाइते भएका कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनाराको धनगढीमा उपचार भइरहेको छ । रातीको स...
अर्काको जग्गा बिक्री गरेको आरोपमा मालपोतका नासु पक्राउ

अर्काको जग्गा बिक्री गरेको आरोपमा मालपोतका नासु पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं , माघ १ । जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको छ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गरी फरक फरक व्यक्तिलाई बेचेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले प्रारम्भिक अनुसन्धान शुरु भइसकेको बताउँदै भने, ‘पीडितको जाहेरी आउन बाँकी छ, जाहेरी आइसकेपछि विस्तृत अनुसन्धान शुरु हुन्छ ।’ प्रहरी निरीक्षक शाहीले अर्का आरोपी ठाकुर फरार भएको र उनको खोजी भइरहेको जानकारी दिए...
बसको ठक्करबाट ककनीमा मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट ककनीमा मोटरसाइकल चालकको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष २८ नुवाकोटको ककनी गाउँपालिका–४ निहाले डाँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मोटसाइकल चालक ककनी गाउँपालिका–२ बस्ने ३४ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। उनको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। तामाङ सवार ३ – ०२ – ००९ प २८५० नम्बरको मोटरसाइकललाई ना. २ ख ८९४७ नम्बरको बसले हिजो दिउँसो ठक्कर दिएको थियो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
चोरीको मोटरसाइकलसहित धादिङका २ जना पक्राउ

चोरीको मोटरसाइकलसहित धादिङका २ जना पक्राउ

अपराध, आर्थिक, समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष २८ महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गएराति साढे १ बजे काठमाण्डौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित सडक खण्डबाट धादिङको गल्छी गाउँपालिका बस्ने २७ वर्षीय विजय तामाङ र १८ वर्षीय आईतराज तामाङलाई प्रदेश ३–०२–०११प ७२४१ नम्बरको कालो रातो रंगको १५० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरेको महाशाखाले जनाएको छ । उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न व्यक्तिको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिलाई पक्राउ गरिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए । कीर्तिपुर नगरपालिका–७ बस्ने पुण्य महर्जनले मोटरसाइकल काठमाडौंको चोभारबाटै हराएको भनि ट्राफिक महाशाखामा निवेदन दिएका थिए । महाशाख...
बाजुरामा ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

बाजुरामा ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

दुर्घटना, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस २८ । बाजुराको बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् । उनीको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए । उनका अनुसार खाली रहेका ग्यासका सिलिण्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेत नजिकै दुर्घटनामा परी घाइते भएका यागीको उपचारका क्रममा मृत्यु भएको बताए । ट्र्याक्टर दुर्घटना हुँदा सडकभन्दा एक सय मिटर तल खसेको प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिनुभयो । ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्र्याक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।...
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस २७ । हेटौँडा उपमहानगरपालिका–५ स्थित कान्तिलोकपथ सडकखण्डमा सोमबार साँझ सवारी दुर्घटना हुँदा स्थानीय एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार हेटौँडाबाट जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० नम्बरको मोटरसाइकललाई चौघडाबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ क ८३३३ नम्बरको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी हेटौँडा–६ निवासी आशिष श्रेष्ठको मृत्यु भएको हो । सोही दुर्घटनामा परी हेटौँडाका निरज राई घाइते भएका छन् । उनलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।...
माघी पर्वको तीन दिन सार्वजनिक बिदा

माघी पर्वको तीन दिन सार्वजनिक बिदा

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कैलाली , पुस २७ । थारू समुदायको माघी पर्वको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीले कैलारीमा थारू समुदायको अत्यधिक मात्रामा बसोबास रहेकाले थारू समुदायको परम्परागत संस्कृतिको जगेर्नाका साथै स्थानीय कला, परम्परा प्रवद्र्धन गर्नका लागि बिदा दिने निर्णय बताए । पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालय, सार्वजनिक निकाय लगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरु बन्द रहने गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।  ...