Friday, March 29
Shadow

वाग्मती प्रदेशको प्रदेश सभा बैठक आज बस्दै , यस्तो छ कार्यसूची


  • -इ
  • इ+

काठमाडौँ , माघ ९ । वाग्मती प्रदेशको प्रदेश सभा आज बस्ने भएको छ । राजनीतिक दलहरूले बैठक बोलाउन दबाब दिएपछि प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक बोलाएका हुन् ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेश संसद सचिवालयले जनाएको छ । कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले पनि अब अविश्वास प्रस्ताव सदनमा औपचारिक रूपमा प्रवेश हुने बताएका छन् ।

बुधबार ६ महिनापछि बसेको अधिवेशनको पहिलो दिन दलका नेताहरूले बोल्ने क्रम सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । तर, बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिको दबाबपछि सभामुख श्रेष्ठले बैठक बोलाएका हुन् ।

नेकपा विभाजनको असर बागमती प्रदेशमा पनि परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाकै दाहाल(नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले हस्ताक्षरसहित पुस १० गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव ‘फेस’ गर्न आफू तयार रहेको मुख्यमन्त्री पौडेल बताउँदै आएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares