Friday, May 3
Shadow

गोरखामा धन्सार भत्किंदा एक जनाको मृत्यु, ३ जना घाइते


  • -इ
  • इ+

गोरखा, असार १९ । गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर थिच्दा १ को मृत्यु भएको छ भने घटनामा तीनजना घाइते भएका छन् ।

गोरखाको गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उक्त घटनामा मृतक मीनाका श्रीमान ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम र छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन् ।

रामकृष्णको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । अन्य दुईजनाको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares